काठमाडौं । कुमारी बैंक लिमिटेडले नागढुंगा सुरुङमार्गमा यात्रा गर्ने सवारी चालकलाई लक्षित गर्दै ‘एन-ट्याग’ प्रयोगमा प्रोत्साहन गर्ने योजना सार्वजनिक गरेको छ । बैंकले एन-ट्याग कनेक्ट गर्ने ग्राहकलाई ५०० रुपैयाँ टपअप उपलब्ध गराउने योजना ल्याएको हो ।
बैंकले सार्वजनिक गरेको योजनाअनुसार एन-ट्याग प्रयोग गर्दा नागढुंगा सुरुङमार्गको टोल प्लाजामा सवारीसाधन नरोकिकनै सहज रूपमा आवतजावत गर्न सकिनेछ । यसले टोल शुल्क तिर्न लामो लाइनमा बस्नुपर्ने झन्झटसमेत हटाउनेछ ।
एन-ट्यागमार्फत टोल शुल्क भुक्तानी गर्दा समयको बचत हुनुका साथै यात्रालाई थप सहज र व्यवस्थित बनाउन सकिन्छ । त्यस्तै, यो मार्ग प्रयोग गर्ने ग्राहकले आफ्नो सुविधाअनुसार एन-ट्यागमा टपअप गर्न सक्नेछन् ।
कुमारी बैंकले डिजिटल बैंकिङ प्रणालीको प्रवद्र्धन गर्ने उद्देश्यसहित यो योजना ल्याएको जनाएको छ । योजनाअन्तर्गत एन-ट्याग कनेक्ट गरेपछि ५०० रुपैयाँ टपअप प्राप्त गर्न सकिनेछ ।
यद्यपि, बैंकले यस योजनामा विभिन्न सर्त लागू हुने जनाएको छ । योजनासम्बन्धी थप जानकारी तथा सहयोगका लागि ग्राहकले बैंकमा सम्पर्क गर्न सक्नेछन् ।

