अमेरिकी इलेक्ट्रीक कार उत्पादक कम्पनी इलेक्ट्रीक कार उत्पादनमा विश्च चर्चित रहेका छन् । इलेक्ट्रीक कार बारे चासो राख्ने र इलेक्ट्रीक कार चढ्ने चाहना हुनेले हालसम्मलाई टेस्लालाई नै ‘ड्रिम’ कारको रुपमा लिने गरेका छन् ।
भारतको आइआइटी मद्रासका विद्यार्थीहरुसँगको अन्तक्रियामा टेस्लाका सीइओ इनोल मस्कले २०२० सम्ममा भारतीय सडकमा गुड्ने बताएका छन् । केही दिनअघि भएको कार्यक्रममा मस्कले यस्तो बताएका हुन् । मस्कले केही वर्ष अघि पनि यस्तो घोषणा गरेका थिए ।
मस्कले भारतमा टेस्ला सार्वजनिक गर्ने कुरा गत मार्चमा ट्वीट मार्फत समेत उल्लेख गरेका थिए । विश्वभर इलेक्ट्रीक सवारी प्रयोग बढ्दै गएकाले टेस्लाले आफ्नो बजार विस्तार गरिरहेको छ ।
भारत सरकारले पनि इलेक्ट्रीक सवारीलाई उच्च प्राथमिकता दिएको छ । हालै भारत सरकारले इलेक्ट्रीक सवारीमा लाग्दै आएको १२ प्रतिशत जीएसटीलाई ५ प्रतिशतमा सीमित गरेको छ ।
भारतीय बजारमा टेस्ला मोडल ३ को मूल्य ३५ हजार अमेरिकी डलर पर्ने अनुमान गरिएको छ । २०१५ मा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले टेस्लाको केन्द्रीय कार्यालय भ्रमण गरेका थिए । उक्त समयमा मोदीले टेस्लाको प्लान्ट भारतमा समेत स्थापना गर्न सीइओ मस्कलाई आग्रह गरेका थिए ।
चीनको सांघाईमा यही वर्षको जनवरीमा टेस्लाको गिगाफ्टाक्ट्री स्थापना परिएको हो । यो टेस्लाको अमेरिका बाहीर रहेको पहिलो फ्टाक्ट्री हो । उक्त प्लान्टबाट वार्षिक ५ लाख इलेक्ट्रीक सवारी उत्पादनको क्षमता राख्छ ।


