काठमाडौं । सरकारले पहिलो चरणमा कोशी र नारायण नदीमा पानी जहाज चलाउने तयारी गरेको छ । पानी जहाज संचालनको संभाब्यता अध्यन गर्न गठन गरिएको समितिले कोशी र नारायणी नदीमा जहाज संचालन गर्न सकिने निष्कर्ष निकालेको हो ।
यस्तै मन्त्रीपरिषदको बैठकले प्रशासनिक संरचना निर्माण गर्न स्विकृत गरेको छ । सोमबारको मन्त्रीपरिषद बैठकले १६ जना इन्जिनियरसहितको प्रशासनिक संरचना निर्माण गर्न स्विकृती दिएको हो ।
नेपाल सरकारका प्रवक्ता तथा सञ्चार प्रविधि मन्त्री गोकुल बास्कोटाले नियमित पत्रकार भेटघाट कार्यक्रममा सरकारले पानी जहाज संचालन गर्न आवस्यक पूर्वाधार तयार गर्ने योजना अनुसार प्रसासनिक संरचना बनाउने निर्णय गरेको जानकारी दिए ।
यसको अन्य काम भारतीय पक्षसँग छलफल गर्दै अगाडि बढ्ने र अन्तिम प्रतिवेदन तयार भएपछि जहाज संचालनमा आउने छ ।


