काठमाडौं । महिन्द्रा गाडीको नयाँ शोरूम पाल्पाको रामपुर-५, बेझाड बजार बाङ्गेपसल उद्घाटन गरिएको छ । रामपुर अटो भिलेजका सञ्चालक गणेशप्रसाद रेग्मी र कुलमणी रेग्मीले उक्त शोरूम सञ्चालनमा ल्याएका हुन् ।
महिन्द्राको नेपालमा यो ३२ औं शोरुम हो । बुधबार उक्त शोरुमको उद्घाटन रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले गरे ।
नगर प्रमुख थापाले अहिलेको अवस्थामा महिन्द्रा कम्पनीको गाडीको माग बढ्दो रहेको हुदा पाल्पाको रामपुरमा शोरूम खुल्नु नै यस क्षेत्रको लागि खुशीको कुरा रहेको बताए ।
पाल्पा, स्याङ्गजा, तनहुँ र नवलपुर (नवलपरासी पूर्व) को केन्द्रका रुपमा रहेको रामपुरमा महिन्द्रा कम्पनीको शोरूम खुलेपछि सवारी साधन खरिद गर्न सहज हुने भन्दै उनले ग्रामीण क्षेत्रमा महिन्दका सवारी साधनको प्रयोग बढ्दै गएको बताए ।

अग्नी इन कर्पोरेट प्राइभेट लिमिटेड कम्पनीका लागि डेपुटी डाइरेक्टर वरदान बस्नेतले भरपर्दो र विश्वासिलो आरामदायी यात्राका लागि अहिले महिन्द्रा कम्पनीको गाडी गाउँगाउँमा पुगेको बताए ।
रामपुर अटो भिलेजले विगत ५ वर्षदेखि रामपुरमा महिन्द्रा कम्पनीमार्फत रामपुर अटो भिलेजले सर्भिस, स्प्रेयर, पार्टस लगायतका विभिन्न सेवाहरू दिँदै आएको छ ।


