काठमाडौं । सेगवे नेपाली अटोमोबाइल बजारमा लोकप्रियता कमाइरहेको विद्युतीय सवारी हो । ‘सेगवे नाइनबट’को नेपालका लागि आधिकारिक बिक्रेता आइहब प्रालिले नेपाल ल्याएको सेगवेका स्कुटरमा विभिन्न स्कीम पाउन सकिन्छ ।
बजारमा सेगवेका ‘एन१००’, ‘ई१००’, ‘ई१००एल’ र ‘ई१२५’ मोडेल उपलब्ध छन् । सेगवे सेल्फ ब्यालेन्सिङ दुई पाङ्ग्रे सवारीसाधन उत्पादन गर्ने सबैभन्दा ठूलो कम्पनी हो । यसका उत्पादन अमेरिका, यूरोप लगायतका ८० भन्दा धेरै देशहरूमा बिक्री वितरण हुँदै आएको छ ।
नेपाल आएदेखिनै यी स्कुटरहरुले लोकप्रियता कमाइरहेका छन् । त्यसको लागि कम्पनीले ग्राहकमैत्री विभिन्न गतिविधि संचालन गर्दै आएको छ ।
ब्याट्री स्वाइप : ब्याट्री स्वाइप सुविधा नेपाल ल्याउने सेग्वे पहिलो ब्राण्ड हो । यस सेवामा ग्राहकले सेगवेको सर्भिस सेन्टरबाट डिस्चार्ज भएको ब्याट्रीलाई पूर्ण चार्ज गरिएको ब्याट्रीसँग स्वाइप गर्न सक्छन् । यसको न्युनतम लागत लगभग १७५ रुपैयाँ लाग्नेछ । तर, पहिलो पटक स्वाइप गर्ने ग्राहकलाई कुनै शुल्क लाग्दैन ।
भाडामा ब्याट्री : टाढाको यात्रा गर्ने ग्राहकका लागि सेगवेले भाडामा ब्याट्री उपलब्ध गराउने गरेको छ । यसका लागि झम्सीखेल स्थित सेगवेको मुख्य कार्यालयबाट ब्याट्री भाडामा लिन सकिन्छ । ब्याट्री भाडामा लिन ग्राहकले सेक्युरिटी चेक जम्मा गर्नुपर्ने हुन्छ, जुन ग्राहकले ब्याट्री फिर्ता गरेपछि फिर्ता हुन्छ । यसको शुल्क भने न्यूनतम १७५ रुपैयाँ लाग्छ ।

अन रोड सहायता : सेगवेले उपत्यकाको कुनै ठाउँमा स्कुटरले काम नगरेको खण्डमा वा बिग्रिएको खण्डमा सेवा दिने जनाएको छ । यसले अनरोड सहायताको रुपमा आफ्ना सेवा टोलीबाट खराब ब्रेक डाउन भएको स्थानमा गएर सेवा उपलब्ध गराउँछ ।
पोर्टेबल ब्याट्री : सेगवेको ब्याट्री बोक्न सजिलो र जहाँ पनि चार्ज गर्न सकिने किसिमको छ । त्यसले यसको प्रयोगमा उपभोक्तालाई कुनै झन्झट हुँदैन ।
एक्सचेन्ज सुविधा : ग्राहकले कुनै पनि ब्राण्डको साधनसँग सेगवेका स्कुटर एक्सचेन्ज गर्दा १५ हजार अतिरिक्त रकम पाउने छन् ।
अन्य सुविधा
यसको साथमा सेगवे स्कुटरमा फास्ट चार्जिङ सुविधा, २२ लिटर क्षमताको बुट स्पेस ग्राहकले पाउने छन् । आकर्षक डिजाइन, नयाँ शैली र मौलिकपन झल्काउने स्कुटरमा चालक सिटमा नबसेसम्म स्टार्ट गर्न सकिदैन ।
यसलाई चलाउन स्कुटरको स्ट्यान्ड बन्द गर्नुपर्छ । ई-स्कुटरमा मोबाइल चार्जिङ स्लट, तीन फरक ड्राइभिङ मोड, लिथियम आयोन ब्याट्री पाउन सकिन्छ ।
सेगवेका स्कुटरमा किलेस सिस्टम उपलब्ध छ । साथै, सुन्दर ढंगले डिजाइन गरिएको साँचोको साथमा रिमोट कन्ट्रोलमा दुईवटा बटन छन् । एउटाले स्कुटरलाई अन/अफ मोडमा राख्छ भने अर्कोले स्कुटरलाई लक गर्न मद्दत गर्छ । सजिलो ह्यान्डलिङ फिचरका कारण पनि यसले अत्यधिक सकारात्मक प्रतिक्रिया पाइरहेको कम्पनीको भनाइ छ ।
‘सेगवे ई-१००’ ‘वान अफ द बेस्ट सेलिङ मोडल इन नेपाल’ बन्न सफल भएको थियो। सेगवेका स्कुटरमा रमाइलो सवारी अनुभवका लागि सहज र आरामदायी सिट छन् । बलियो इन्जिन र प्रभावशाली ब्याट्रीबाहेक यी स्कुटर आकारमा ठूला छन् भने सिटमुनि पर्याप्त ठाउँ उपलब्ध छ ।
सेगवेका स्कुटरमा अटोमेटिक टायरको विशेषता पनि छ। जसमा १० सेकेन्डसम्म प्रयोग नगरेको खण्डमा आफैं टायर लक हुन्छ र ह्यान्डल लक हुन्छ । त्यस्तै कुनै मानिसले प्रयोग गर्न खोज्यो भने अर्लाम बज्ने फिचर यी स्कुटरमा उपलब्ध छ ।


