बन्द भएको ‘बजाज एभेन्जर २२० स्ट्रीट’ पुनः बजारमा

काठमाडौं । बजाज मोटरसाइकल कम्पनीले क्रुजर डिजाइनमा नयाँ मोटरसाइकल सार्बजनिक गरेको छ । बजाज अटोले भारतीय बजारमा नयाँ फिचरसहित एभेन्जर २२० स्ट्रीट मोडल सार्वजनिक गरेको हो ।

कम्पनीले यो मोडलको उत्पादन केहि वर्ष अघि बन्द गरेको थियो । नयाँ एभेन्जर २२० स्ट्रीट आएसँगै यो सिरिजमा दुई मोडल भएको छ । यसअघि देखि नै एभेन्जर १६० स्ट्रीट बिक्री हुँदै आएको थियो ।

एभेन्जर नयाँ मोडल बीएस ६ को फेज टूमा आधारित इन्जिनसहित आएको हो । फ्लेक्स फ्यूल टेक्नोलोजीको इन्निज भएको कारण ८० प्रतिशत पेट्रोलमा २० प्रतिशत ईथानल मिसाएर यसलाई चलाउन सकिन्छ ।

यो मोटरसाइकलमा सिंगल सिलिन्डर, लिक्विड कुल्ड २२० सीसीको इन्जिन छ । उक्त इन्जिनले अधिकतम ८५०० आरपीएममा १९ हर्सपावर र ७००० आरपीएममा १७.५५ एनएमको टर्क जेनेरेट गर्छ । एमेन्जर २२० स्ट्रीटको टप स्पीड क्षमता १२० किलोमिटर प्रतिघन्टा रहेको छ ।

बजाज एभेन्जर २२० स्ट्रीटको डिजाइन लो बीम फ्रेममा आधारित छ । त्यसैगरी कम्पनीले नयाँ मोडलमा एक्स्टेन्सनका साथ मस्कुलर १२ लिटरको फ्युल टयांक, स्प्लीट सिट, पिलर ग्रेबरेल, अन्डरबेली एग्जस्ट, सिंगल च्यानल एबीएस, गोलाकार हेलोजन हेडल्याम्प, एलइडी टेल लाइट, अलोय ह्वील, अगाडि टेलिस्कोपीक फर्क र पछाडि ड्यूल शक जस्ता फिचरहरु समाबेस गराएको छ ।

भारतीय बजारमा एभेन्जर २२० स्ट्रीटको मूल्य १ लाख ४२ हजार (एक्स शोरुम) निर्धारण गरेको छ ।


Back_to_top