काठमाडौं । नेपालको लागि हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले कोना ईभीमा ब्याज नलाग्ने स्कीम सार्वजनिक गरेको छ । कम्पनीले ‘जिरो प्रदुषण, जिरो ब्याजदर’ योजना सार्वजनिक गरेको हो ।
कम्पनीले दिएको स्कीममा कोना ईभी किन्ने ग्राहकले मूल्यको ५० प्रतिशत रकम डाउन पेमेन्ट गर्नु पर्नेछ । बाँकी रहेको ५० प्रतिशत रकम ५ वर्षमा भुक्तानी गर्नेगरी कुनै ब्याज तिर्नु नपर्ने स्कीम ग्राहकले पाउने छन् ।
उत्कृष्ट डिजाइन, पर्फमेन्स र विश्वसनीयताका कारण हुन्डाईले प्रतिस्पर्धी विद्युतीय सवारीको बजारमा छुट्टै पहिचान बनाउन सफल भएको छ । कोना इलेक्ट्रीक अहिले दुई भेरियन्टमा उपलब्ध रहेको छ । जीएल भेपरियन्टको मूल्य ५९ लाख ९६ हजार ,००० र जीएलएस भेरियन्टको मूल्य ६४ लाख ९६ हजार तोकेर बिक्री हुँदै आएको छ ।
हुन्डाई कोनामा मल्टी स्टेज हाइभोल्टेज सेफ्टी सिस्टम युक्त ३९.२ किलोवाट आवरको लिथियम आयोन पोलिमर ब्याट्री छ । उक्त ब्याट्रीले सिंगल चार्जमा ३०५ किलोमिटरसम्म रेन्ज दिने कम्पनीको दावी छ । यसमा रहेको ब्याट्रीलाई १०० किलोवाट क्षमताको डिसी फास्ट चार्जरले ५४ मिनेटमा ८० प्रतिशत चार्ज गर्न सकिन्छ ।
हुन्डाई कोनामा नयाँ डिजाइनको ग्रिल, डे टाइम रनिङ लाइट तथा ठूलो साइजको टेललाइट पाउन सकिन्छ ।
नेपालमा सन् २०१८ बाट उपलब्ध कोनाको ब्याट्री हेल्थ निकै उत्कृष्ट रहेको लक्ष्मी इन्टरकन्टिनेन्टलले दावी गरेको छ । कम्पनीका अनुसार ५ वर्षसम्म चलेका करिब ५०० कारको ब्याट्री हेल्थ अझै ९८ प्रतिशत भन्दा बढी पाइएको छ ।
उत्कृष्ट रि–सेल मूल्य, बलियो बिक्री तथा सेवाको लागि तयार गरिएको नेटवर्क जस्ता कारण कोनाले राम्रो बजार पाएको हो । कम्पनीले नेपालभर १६ शोरुम तथा १९ सर्भिस सेन्टरहरु मार्फत ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ ।