काठमाडौं । टाटा मोटर्सको आधिकारीक बिक्रेता सिप्रदी ट्रेडिङले टियागो ईभीमा मनसुन अफर संचालन गर्ने भएको छ । कम्पनीले ‘मनसुन म्याजिक विथ अस’ नाम दिएर भोलि शुक्रबारदेखि आइतबारसम्म एक्स्चेन्ज मेला संचालन गर्ने भएको हो ।
सिप्रदी मनसुन एक्सचेन्ज मेलामा आएर टाटा टियागो ईभी किन्ने ग्राहकलाई दिएको स्कीममा अटो प्लस इन्स्योरेन्स, तीन वर्षको निःशुल्क सर्भिसिङ, दुई वर्षको सवारीसाधन कर, पुरानो गाडीमा आकर्षक मूल्याङ्कन, निःशुल्क एसोसरिज र एक्सचेन्ज बोनस दिने भएको हो ।
हरेक बुकिङ गर्ने ग्राहकलाई स्योर सर्ट पुरस्कारको ब्यवस्था गरेको कम्पनीले बिहान ९ गतेदेखि बेलुका ९ बजेसम्म शोरुम खुल्ला रहने जनाएको छ ।
नेपालकै सर्वाधिक सफल इलेक्ट्रीक ह्याचव्याक अहिले तीन भेरियन्टमा उपलब्ध रहेको छ । सुरुमा केही यूनिट सर्ट रेन्ज मोडल पनि उपलब्ध गराएको सिप्रदीले अहिले लङ रेन्ज मोडल मात्रै बिक्री गर्दै आएको छ ।
टियागो ईभीको इन्ट्री भेरियन्टको रुपमा एक्सटी भेरियन्ट उपलब्ध छ । यसको मूल्य २७ लाख ४९ हजार कायम गरेर बिक्री हुँदै आएको छ । त्यस्तै एक्सजेड प्लस भेरियन्टको मूल्य २८ लाख ९९ हजार र एक्सजेड प्लस लग्जरी भेरियन्टको मूल्य २९ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।
टाटा टियागो ईभीमा ४९ किलोवाट आवरको इलेक्ट्रीक मोटर छ । उक्त मोटरले ११४ एनएम टर्क प्रदान गर्छ । टाटाले यसमा २४ किलोवाट आवरको लिथियम आयोन ब्याट्री प्रयोग गरेको छ ।