टाटा ह्यारियरबारे बुझ्नैपर्ने दश तथ्य

टाटा मोटर्स भारतीय बजारमा ह्यारियर फाइभ–सिटर एसयूभी आगामी वर्ष सार्वजनिक गर्ने घोषणा गरेको छ । अटो शो २०१८ मा एच–५–एक्स कन्सेप्टको प्रोडक्सन स्पेक–भर्सनमा आधारित भई कम्पनीले ह्यारियर सार्वजनिक गरेको थियो । ह्यारियर ल्यान्डरोभर डी–८ प्लेटफर्मको अपडेटेड भर्सनमा आधारित छ । यसले अब आउने एसयूभीमा टाटा–जेडएलआर कनेक्सनमार्फत् मूनाफा कमाउने विश्वास लिएको छ । यस कारबारे जान्नैपर्ने केही तथ्य यस्ता छन् ।

कारको अवधारणासँग ८० प्रतिशत समानता

टाटाले सन् २०१८ मा आयोजित अटो एक्स्पो एच–५ एक्सको कन्सेप्ट सार्वजनिक गरेकाे थियो । निर्माण भैसकेको ह्यारियर र यसको अवधारणाबीच ८० प्रतिशत समानता रहेको कम्पनीले जनाएको छ । 

ल्यान्डल रोभर कनेक्सन

ओएमईजीए प्लाटफर्ममा आधारित कम्पनीको पहिलो मोडल ह्यारियर ल्यान्डरोभर एलआर–५५० बाट प्रेरित छ । मूल्यमा समायोजन गर्नका लागि टाटाले अवधारणमा सामान्य परिवर्तनमात्रै गरेको छ । यद्यपि, यो कार एसयूभी ल्यान्डरोभर डिस्कभरिसँग मिल्दोजुल्दो छ । यसमा एलआर–५५० मा प्रयोग गरिएको डीएनए प्रयोग गरिएको छ । 

अहिले नै बूक गर्न सकिन्छ, टाटा ह्यारियर

हाल टाटा ह्यारियर बूक गर्न सकिन्छ । टाटाले आफ्नो डिलरशिप नेटवर्कको माध्यमबाट आधिकारीक बुकिङ्ग अनलाइन र अफलाइनबाट बुकिङ्ग गर्ने सकिने व्यवस्था गरेको छ । कम्पनीको व्यवस्थाअनुसार सुरुवातमा ३० हजारबाट कार बुकिङ्ग गर्न सकिन्छ । 

अर्काे वर्षबाट डेलिभरी 

टाटाले यसको उत्पादन लाइन शुरू गरिसकेको छ । डेलिभरी भने २०१९ को जनवरीबाट मात्रै गर्ने कम्पनीले जनाएको छ । टाटाले ह्यारियरप्रति निकै ठूलो विश्वास लिएको छ भने ग्राहकमाझ यो बहु–प्रतिक्षित कार बनेको छ । 

मूल्य निर्धारण

टाटा कम्पनी स्वयंले औपचारिकरुपमा यसको मूल्य निर्धारण गरेको छैन । तर, अनरोड–भर्सनको मूल्य १६ लाख भारुसम्म पर्ने अनुमान लगाइएको छ भने टप इन्ड भेरियन्टको मूल्य २२ लाख तोक्नसक्ने कम्पनीले जनाएको छ । 

जीपसँगको सम्बन्ध

टाटा ह्यारियर डिजेल इञ्जिनमा पनि उपलब्ध छ । यही इञ्जिन फियाटकाे जीपमा पनि प्रयोग गरिएको छ । टाटामा प्रयोग गरिएको इञ्जिनको नाम क्रियोटेक हो । यद्यपि, यो इञ्जिनमा फियाटमा उपलब्ध २.० लिटर डिजेल इञ्जिन नै हो । सोही इञ्जिन जीप कम्पासमा पनि प्रयोग गरिएको छ । 

कम्पासकोभन्दा बढी माइलेज

कम्पास र ह्यारियरमा एउटै इञ्जिनको प्रयोग गरिएको छ । सो इञ्जिनले जीपमा १८० बीएचपी पावर उत्पादन गरेको छ । तर, टाटामा मात्रै १४० एचपी पावर उत्पादन हुन्छ । तर, जीपको तुलनामा टाटाको माइलेज बढी छ । 

ह्यारियरमा हुन्डाईलाई स्थान

यसमा फियाटको इञ्जिन प्रयोग गरिएको छ भने यसमा उपलब्ध अटोमेटिक ट्रान्समिसन हुन्डाईबाट सप्लाई गरिएको हो । यसमा सिक्स–स्पीड टर्क कन्भर्टर ट्रान्समिसन लगाइएको छ । सुरुवातमा फियाटको अइट–स्पीड ट्रान्समिसनको प्रयोग गर्ने भने तापनि पछि टाटाले सिक्स–स्पीड ट्रान्समिसनको प्रयोग गरेको थियो । 

१० वर्षबाट परीक्षण 

टाटाले आधिकारीकरुपमा ह्यारियरको परीक्षण गरिसकेको छ । कम्पनीले यसलाई २२ लाख किलोमिटर दूरी पार गराएको हो । टाटाले निकै अप्ठ्यारो परिस्थितीमा यो कारको परीक्षण गरेको जनाएको छ । 

सार्वजनिक हुने मिति

सेभेन–सिटर ह्यारियर एच–७ एक्सको रुपमा परिचित छ । यसमा होन्डाले सीआरभीको जस्तै तीन–रो–सिट लगाइएको छ । यो मोडल २०१९ को शुरूममा बजारमा आउने कम्पनीले जनाएको छ ।


Back_to_top