काठमाडौं । एमएडब्लू वृद्धि कमर्सियल भेइकलले जेभियर इन्टरनेशनल स्कुललाई एकैपटक १३ वटा नयाँ फोटोन माउन्टेन इलेक्ट्रीक स्कुल भ्यानहरू हस्तान्तरण गरेको छ ।
काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच एमएडब्लू वृद्धिका सीईओ तुषार गुप्ता र सेल्स हेड नवीन आचार्यले विद्यालयलाई साँचो हस्तान्तरण गरेका हुन् ।
फोटोन माउन्टेन ईभी एक आधुनिक प्रदूषणमुक्त भ्यान हो । जुन भरपर्दो प्रदर्शन, सहजता र ऊर्जा दक्षताको लागि डिजाइन गरिएको छ ।
फोटोन माउन्टेन ईभीमा १३० किलोवाट क्षमताको मोटर जडान गरिएको छ । जसले ३३० एनएम सम्मको टर्क दिन्छ । यसमा ५३.५८ किलोवाटको सीएटीएल ब्याट्री छ ।
माउन्टेन ईभीमा उकालो चढ्नका लागि २५ प्रतिशत ग्रेडियाबिलिटी छ । जसल पहाडी तथा सहरी बाटोहरूमा सहजता प्रदान गर्छ।
फोटोन माउन्टेन ईभीको उत्कृष्ट प्रदर्शन, न्यून सञ्चालन लागत र शून्य प्रदूषण क्षमताले यसलाई विद्यालय यातायातका लागि आदर्श विकल्प बनाएको कम्पनीको भनाइ छ ।
एमएडब्लू वृद्धिका सीईओ गुप्ताले विद्यालयलाई नयाँ सोच कार्यान्वयन गरेकोमा धन्यवाद दिँदै दिए । ‘हामी जेभियर इन्टरनेशनल स्कुलसँगको यस सहकार्यमा गर्व गर्छौं । यी ईभी स्कुल भ्यानहरूले आधुनिक यातायातका आवश्यकताहरू पूर्ति गर्नुका साथै वातावरणको पनि ख्याल गर्छन्,’ उनले भने ।


