दुई दिनमै १५० ग्राहकले पाए ‘एथर रिज्टा एस’

काठमाडौं । गत शुक्रबार सार्वजनिक भएको एथर इलेक्ट्रीकको रिज्टा एस स्कुटरको १५० युनिट डेलिभरी पूरा भएको छ ।

नेपालमा एथर इलेक्ट्रीक स्कुटरको आधिकारिक बिक्रेता वैद्यज् इनर्जीले दुई दिनमै १५० युनिट स्कुटर डेलिभरी गरेको हो । कम्पनीले ग्राहकलाई शनिबार डेलिभरी दिएको हो ।

कम्पनीले रिज्टा एसको मूल्य २ लाख ९४ हजार ९०० रुपैयाँ तोकेको छ । जुन नेपालमा उपलब्ध एथरको सबैभन्दा सस्तो स्कुटर समेत हो ।

कम्पनीले सुरुआती १५० ग्राहकलाई २० हजार नगद छुट दिएर २ लाख ७४ हजार ९९९ रुपैयाँ मूल्यमा नयाँ एस भेरियन्ट स्कुटर डेलिभरी गरेको हो । अब १५० बाहेकका ग्राहकका लागि भने स्कुटरको मूल्य २ लाख ९४ हजार ९०० रुपैयाँ नै कायम हुनेछ ।

कम्पनीले देशभरका आफ्ना एथर एक्सपिरियन्स सेन्टर मार्फत बुकिङ लिइरहेको थियो । यो एथर रिज्टा सिरिज अन्तर्गतको नयाँ मोडल हो । जसले गत वर्ष सार्वजनिक गरिएको रिज्टा जेडको सफलतालाई पछ्याउँदै बजारमा प्रवेश गरेको कम्पनीले जनाएको छ ।

एथर रिज्टा एसमा २.७ किलोवाट आवर क्षमताको ब्याट्री छ । जसले एकपटको फुलचार्जमा १२३ किलोमिटरसम्म रेन्ज दिने आइडीसीले प्रमाणित गरेको छ । यो स्कुटरले ४.३ किलोवाटको मोटर छ । यसको टप स्पीड क्षमता ८० किलोमिटर प्रतिघण्टा रहेको छ । यसले ० देखि ४० किलोमिटर प्रतिघण्टाको गति ४.७ सेकेण्डमा पूरा गर्छ ।

यो स्कुटरमा फराकिलो सिट, ठूलो फुटबोर्ड र पर्याप्त स्टोरेज स्पेस उपलब्ध गराइएको छ । जसले यसलाई दैनिक तथा पारिवारिक प्रयोगका लागि उपयुक्त बनाउने कम्पनीको दाबी छ ।

स्कुटरमा रिभर्स मोड, हिल होल्ड असिस्ट, फल सेफ, इमर्जेन्सि स्टप सिग्नल, टर्न बाई टर्न नेभिगेसन, गुगल म्याप नेभिगेसन, एलईडी हेडल्याम्प, स्लिम र्यापराउन्ड टेललाइट, टीएफटी स्क्रीन र डिस्क ब्रेक जस्ता फिचर उपलब्ध छन् ।

कम्पनीले एथरका स्कुटरमा ३ वर्ष वा ३० हजार किलोमिटरसम्मको वारेन्टी छ । जुन ग्राहकले ५ वर्ष वा ६० हजार किलोमिटरसम्म विस्तार गर्न सक्नेछन् ।

हाल एथरको देशैभर ३५ स्थानमा फास्ट चार्जर स्टेसन स्थापना गरिएको छ । यो दुईपाँग्रे ईभीको अहिलेसम्मको सबैभन्दा ठूलो नेटवर्क हो । यी चार्जिङ स्टेसनहरूमा १ वर्षसम्म निःशुल्क चार्जिङ सुविधा उपलब्ध रहेको कम्पनीले जनाएको छ । साथै, ग्राहकहरूले एथरको मेन्टिनेन्स कन्ट्रयाक्टमा २० प्रतिशत छुट पनि पाउनेछन् ।


Back_to_top