काठमाडौं । पर्सा प्रहरीले भन्सार छली अवैध रूपमा नेपाल भित्र्याइएको १७ वटा भारतीय इलेक्ट्रीक स्कुटर नियन्त्रणमा लिएको छ ।
प्रहरीले टोलिले वीरगन्ज महानगरपालिकाका विभिन्न स्थानबाट ती इलेक्ट्रीक स्कुटर नियन्त्रणमा लिएको हो ।
जिल्ला प्हरी कार्यालय, पर्साका अनुसार अवैध रूपमा भित्र्याइएका इलेक्ट्रीक स्कुटरको प्रयोग बढेको गुनासो बढेपछि खोजतलासको क्रममा ती भारतीय इलेक्ट्रिक स्कुटरहरू फेला परेको हो ।
नियन्त्रणमा लिइएका ती स्कुटरको बजार मूल्य १३ लाख ६० हजार रुपैयाँ पर्ने कार्यालयले जनाएको छ । थप अनुसन्धान तथा कारबाहीको लागि ती स्कुटर वीरगन्ज भन्सार कार्यालयमा बुझाउने प्रहरीले जनाएको छ ।


