काठमाडौं । नेपाली बजारमा उपलब्ध केई इक्यूट ०२ को मूल्य एकैपटक २ लाख रुपैयाँ घटेको छ ।
नेपालका लागि केईको आधिकारिक वितरक लक्ष्मी ई-मोबिलिटी र जीओ अटोमोबाइल्सले इक्यूटको मूल्य २ लाख रुपैयाँ घटाएका हुन् ।
यसअघि २२ लाख ९६ हजार रुपैयाँमा बिक्री हुँदै आएको इक्यूट अब २० लाख ९६ हजार रुपैयाँमै खरिद गर्न पाइने भएको छ ।
यससँगै इक्यूट नेपालमा उपलब्ध सबैभन्दा सस्तो र फिचरयुक्त इलेक्ट्रीक गाडीहरू मध्ये एक बनेको छ । साइजमा सानो र फिचर लोडेड कार क्यूट-०२ सहरी क्षेत्रमा यात्रा गर्न उपयुक्त मोडल हो ।
इक्यूटमा फ्रन्ट फेसियामा दिइएको हकआई डिजाइनको एलईडी हेडलाइट, फ्लस डोर ह्याण्डल र पछाडि एरोडाइनामिक टेलविङ दिइएको छ ।

इन्टेरियरमा १०.२५ इन्चको फ्लोटिङ सेन्टर कन्ट्रोल स्कृन र ७ इन्चको डिजिटल इन्ट्रुमेन्ट क्लस्टर छ। सेग्मेन्ट फस्ट ३६० डीग्री क्यामरा, कोलुम सिफ्ट गियर सेलेक्टर, ४ वटा हाइफाई स्टेरियो स्पीकर, एयर कन्डिसन, पुस बटम स्टार्ट, टुस्पोक फ्ल्याट बटम स्टेरिङ ह्वील छ ।
इक्यूटमा ४० किलोवाट क्षमताको मोटर छ । यसमा रहेको २८.०८ किलोवाट आवर ब्याट्रीले एकपटकको फूल चार्जमा ३०० किलोमिटरको रेन्ज दिने कम्पनीको दाबी छ ।
इक्यूटमा इको प्लस, इको, नर्मल, र स्पोट्र्स गरी चार ड्राइभिङ मोडहरू उपलब्ध छ । इक्यूट ०२ मा डुअल एयरब्याग, हील असिस्ट कन्ट्रोल, आइसोफिक्स चाइल्ड सिट एन्कर, रियर पार्किङ सेन्सर, ३६० डिग्री क्यामेरा छ ।
केई इक्यूट ०२ नेपालका प्रमुख शहरहरू नख्खु, थापाथली, बिर्तामोड, नेपालगञ्ज, धनगढी, दाङ, भैरहवा, हेटौंडा, भरतपुर, पोखरा, विराटनगर र वीरगञ्जमा उपलब्ध छ ।

