१० स्पीडको गियरबक्स भएको ‘२०२० फोर्ड एन्डेभर’ नेपालमा, यस्तो छ मूल्य

काठमाडौं । फोर्डको नेपालकोलागि आधिकारिक विक्रेता जीओ अटोमावाइल्सले फोर्ड एन्डेभरको २०२० संस्करण नेपाली बजारमा ल्याएको छ । भारतमा लागु भएको नयाँ प्रदुषण मापदण्ड बीएस ६ अनुसारको इन्जिनमा आएको एन्डेभर फोर ह्वील ड्राइभ अप्सनमा उपलब्ध रहेको छ ।

कम्पनीले एन्डेभरको टाइटेनियम प्लस भेरियन्ट नेपाली बजारमा ल्याएको हो । विश्वको पहिलो १०-स्पीड अटोमेटिक गियरबक्स भएको यो एसयूभीमा नयाँ २.० लिटर ईकोब्लू डिजेल इन्जिन दिइएको छ ।

उक्त इन्जिनले १७० पीएस पावर र ४२० एनएम टर्क प्रदान गर्ने क्षमता राख्छ । यसलाई सहरी तथा अफरोडमा समेत आरामदायी यात्रा गर्न सकिनेगरि तयार गरिएको कम्पनीको दाबी छ ।

उत्कृष्ट पर्फरमेन्स प्रदान गर्ने यो गाडी निकै सुरक्षीत रहेको छ । यसमा सात एयरब्याग, ध्वनि उत्सर्जनलाई कमगर्ने प्रविधिको प्रयोग भएकाले यो गाडी निकै आरामदायी रहेको छ ।

पहिलेको भन्दा १४ प्रतिशतसम्म बढी माइलेज दिने यो गाडी शक्तिशाली अफरोड क्षमता, सस्तो सर्भिसिङ्ग सेवा, उत्कृष्ट पर्फरमेन्स नेपाल आएको छ ।

कम्पनीले यसलाई डिफ्युज सिल्भर, डायमन्ड वाइट र एब्सोल्युट ब्ल्याक गरी तीन कलरमा उपलब्ध गराएको छ भने यसको सुरुवाति मूल्य रू. १ करोड ४९ लाख राखिएको छ ।

यस्तो छ अल न्यू फोर्ड २.० लिटर ईको ब्लू इन्जिन

२०२० फोर्ड एन्डेभरमा प्रयोग भएको २.० ईकोब्लू डिजेल इन्जिन इन्धन र पर्फरमेन्सका लागि अतुलनिय प्याकेज बन्नेको कम्पनीको दाबी छ ।

यसले प्रदुषण घटाउनुको साथै माइलेज पनि बढाएको छ । ईकोब्लू युक्त यस गाडीले १२.४ किलोमिटरप्रति लिटरमाइलेज दिने कम्पनीको दाबी छ ।


Back_to_top