२ लाख ४० हजार पर्ने नेपालमा बनेको ‘गन्तब्य’ मोटरसाइकल

काठमाडौं । विद्युतीय सवारीसाधन नेपालमा उत्पादन गर्ने दौडमा समावेस सुन्दर इन्जिनियरिङ ‘गन्तव्य’ नामबाट मोटरसाइकल सार्वजनिक गरेको छ । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नतेले ‘गन्तव्य’ मोटरसाइकल सार्वजनिक गरेका हुन् ।

सुरुको एक महिना भित्रै मोटरसाइकल किन्ने ग्राहकलाई लागत मूल्यमा नै उपलब्ध गराउने सुन्दर इन्जिनियरिङका अध्यक्ष भेषबहादुर थापाले बताए । त्यसैले यसको मूल्य २ लाख ४० हजार रुपैयाँ राखिएको थापाले बताए ।

कम्पनीले गन्तब्य नामक मोटरसाइकलमा ३ वर्षसम्म वारेन्टी दिएको कम्पनीको भनाइ छ । यो मोटरसाइकललाई एक पटकको सिंगल चार्जमा १०० किलोमिटर गुडाउन सकिन्छ ।

मोटरसाइकल सार्वजनिक गर्दै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले ऊर्जा उपभोगमा सहयोगी बन्ने विद्युतीय साधन नेपालमै बन्नु खुसीको कुरा भएको बताएका थिए ।


Back_to_top