काठमाडौं । नेपालको लागि यामाहा टू ह्वीलर्सको आधिकारिक वितरक एमएडब्लु इन्टरप्राइजेजले क्लासिक युरोपियन स्टाइलको फसिनो १२५ नेपालमा केही समय अगाडिबाट बिक्री सुरु गरेको छ । कम्पनीले यो स्कुटर सार्वजनिक गरेसँगै १२५ सीसी स्कूटरको सेग्मेन्टमा प्रवेश गरेको हो ।
कम्पनीले सेग्मेन्ट लिडर फिचर थप गरेर अल न्यू फसिनो १२५ सार्वजनिक गरेको हो । बिक्री सुरु भएको केहि समयमा नै यसको बजारमा प्रभाव देखिन थालेको छ ।
अल न्यू फसिनोमा १२५ सीसी एफआई बीएस ६ मापदण्डको इन्जिन रहेको छ । यो इन्जिनले ६५०० आरपीएममा ८.२ पीएस पावर तथा ५००० आरपीएममा ७.९ एनएम टर्क जेनेरेट गर्छ । यसको मूल्य २ लाख ४९ हजार ९०० रुपैयाँ रहेको छ ।
बीएस६ इन्जिन
नेपाली बजारमा भित्रिएको स्कुटर मध्य यो स्कुटर पहिलो बिएस ६ स्कुटर रहेको छ । बीएस ६ प्रदुषण मापदढड अनुसारको एफआई प्रविधि यसमा उपलब्ध रहेको छ । यो स्कुटर नेपाली बजारमा पहिलो एफआई इन्जिन युक्त स्कुटर बनेको छ ।
कम तौल
यो स्कुटरको तौल ९९ केजी रहेको छ भने यो सेग्मेन्ट कै हलुका स्कूटर पनि हो । १२५ सीसी सेग्मेन्टमा नै यो सबैभन्दा कम तौल रहेको स्कुटर हो।
स्ट्यान्ड सेन्सर/इन्जिन कट
यो स्कुटरमा साइड स्ट्यान्ड सेन्सर रहेको छ । यो सेग्मेन्टमा पहिलो साइड स्ट्यान्ड सेन्सर रहेको स्कुटर फसिनो नै हो । साइड स्ट्यान्ड लगाउँदा स्कुटरको इन्जिन आफै अफ हुन्छ ।
अटो स्टार्ट
यसमा रहेको अर्को नयाँ फिचर भनेको अटो स्टार्ट हो । चलकले स्कुटर रोकेर बसेको अबस्थामा इन्जिन अफ हुन्छ भने स्टार्ट नगरि सिधै एशलेरेशन गर्दा इन्जिन आफै चालु हुन्छ ।


