मोटरसाइकल चोर्ने ४ जनाकाे गिराेह पक्राउ

काठमाडौं । मोटरसाइकल चोरी गरेको आरोपमा काठमाडौंबाट चार जना पक्राउ परेका छन् ।

प्रहरी प्रभाग बूढानीलकण्ठबाट खटिएको टोलीले उनीहरूलाई चोरीका तीन थान मोटरसाइकल र दुई थान स्कुटरसहित पक्राउ गरेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार पक्राउ पर्नेहरूमा खोटाङका १८ वर्षीय प्रज्वल राई, सिन्धुलीका १८ वर्षीय मेन्सुहाङ राई, बूढानीलकण्ठका १८ वर्षीय समीर तामाङ र दोलखाका १८ वर्षीय जनम तामाङ छन् ।

साथै, प्रहरीले उनीहरूको साथबाट ७ थान मोबाइल पनि बरामद गरेको छ । उनीहरू बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


Back_to_top