फियाटले ल्याउने भयो फोर्थ जेनेरेशन पुन्टो

काठमाडौं । इटालियन ब्राण्ड फियाटले आफ्नो चर्चित ह्याचव्याक कार पुन्टोको नयाँ जेनेरेशन मोडल बजारमा ल्याउने भएको छ । कम्पनीले नयाँ जेनेरेशन पुन्टो सन् २०२३ को पहिलो क्वाटरमा बजारमा उतार्नेगरी काम गरिरहेको छ ।

पीएसए ग्रुपले निर्माण गरेको कमन मोडुलर प्ल्याटफर्ममा आउने नयाँ जेनेरेशन पुन्टो सुरुमा आइसी इन्जिनमा आउने छ भने सन् २०२४ बाट इलेक्ट्रीक भेरियन्टमा पनि आउने जनाइएको छ ।

नेपाली बजारमा विगत ३ वर्षदेखि फियाटका उत्पादन विक्री बन्द रहेको छ । फियाट क्राइसलरकाे अर्को ब्राण्ड जीपको भने नेपालमा विक्री भइरहेको छ । यस्तोमा कम्पनीले उत्पादन गर्ने फियाटका कारहरु नेपाली बटो सुहाउदो भएको खण्डमा नेपाल आउन सक्ने छन् ।

फियाट पुन्टो पहिलो पटक सन् १९९३ मा बनेको मोडल हो । त्यसपछि सन् १९९९ मा सेकेन्ड जेनेरेशन र सन् २००५ मा थर्ड जेनेरेशन मोडल आएको थियो । त्यसपछि यसको कुनै जेनेरेशन मोडल बाहिर आएको छैन ।


Back_to_top