टोयोटा ल्याण्डक्रुजरको ७० वर्ष, वन्यो ६०० यूनिट एनिभर्सरी मोडल

काठमाडौं । टोयोटाको चर्चित मोडल ‘ल्याण्डक्रुजर’ले उत्पादनको ७० वर्ष पुरा गरेको छ । जापानी मोटर उत्पादक कम्पनी टोयोटाले ७० वर्ष पुरा गरेको अवसर पारेर ल्याण्डक्रुजर ७० सिरिज सार्वजनिक गरेको छ ।

केही महिनाअघि मात्रै ल्याण्डक्रुजर एलसी ३०० बजारमा ल्याएको टोयोटाले एनिभर्सरी मोडल रग्ड रेट्रो डिजाइनमा ल्याएको हो । टोयोटाले १९८४ मा बजारमा ल्याएको ल्याण्डक्रुजर ७० सिरिजलाई थप आकर्षक बनाएर एनिभर्सरी मोडल बजारमा ल्याएको हो । कम्पनीले यसको ६०० यूनिट मात्रै बजारमा ल्याउने जानएको छ ।

पुरानो सिरिजको तुलनामा नयाँ एनिभर्सरी डिजाइनमा अगाडिको ग्रिल रि-डिजाइन गरिएको छ । यसमा १६ इन्चको अलोय ह्वील, हेडल्याम्प बेजल, एलइडी डे टाइम रनिङ लाइट, फगल्याम्पमा अपग्रेड गरेको छ ।

एनिभर्सरी मोडलमा प्रिमियम व्ल्याक अपहोलिस्टीक पाउन सकिन्छ । हाइलक्समा प्रयोग भएको लेदर र्याप स्टेरिङ ह्वील, लेदर र्याप गियर नव, ड्यासबोर्डमा काठको प्रयोगको साथ कालो र सिल्भर कलर, यूएसबी चार्जिङ पोर्ट, पावर विन्डो, पाँच एयरव्याग जस्ता फिचर ल्याण्डक्रुजर ७० मा पाउन सकिन्छ ।

कम्पनीले यसमा ४.५ लिटर क्षमताको टर्बो चार्ज्ड डिजेल, भि-८ इन्जिन दिएको छ । उक्त इन्जिनले २०२ हर्सपावर र ४३० एनएम टर्क प्रदान गर्छ । यसमा ५ स्पीड गियरबक्स र फोर ह्वील ड्राइभ सिस्टम उपलब्ध रहेको छ ।


Back_to_top