नेपालमा बनेपछि एक्सपल्समा थपियो पाँच फिचर

काठमाडौं । सिजी मोटर्सले नेपालमै एसेम्बल गरेर मोटरसाइकल तथा स्कुटर बिक्री सुरु गर्न लागेको छ । नेपालमै एसेम्बल भएकाे एक्सपल्स २०० फोर भीमा  ५ नयाँ अपडेट भएकाे हाे ।

कम्पनीले ४ मोडलको मोटरसाइकल विक्री सुरु गर्ने भएको हो ।

जसमा १ नयाँ मोडलको स्कुटर छ भने एक्सपल्स २०० फोर भी अपडेट सहित आएको छ ।

रेगुलर २०० फोर भीको तुलनामा नयाँ आएको एक्सपल्सर मा विभिन्न ४ अपडेटसहित आएको हो ।

कम्पनीले नेपालमा नै एसेम्वल गरेको एक्सपल्स २०० फोरमा भाइजर, नयाँ हेडलाइट, यूएसबी पोर्ट र नयाँ नकल गार्ड (ह्याण्ड गार्ड) देख्न सकिन्छ । त्यस्तै यसको स्वीचहरूमा समेत सामान्य परिर्वतन देख्न सकिन्छ ।

सिजी मोटर्सले ४ लाख ५४ हजार ९०० रुपैयाँ तोकेर बिक्री सुरू गर्ने तयारी गरेको एक्सपल्स २०० फोर भीको इन्जिन र कस्मेटीकमा भने कुनै परिर्वतन गरिएको छैन् ।

 

 


Back_to_top