काठमाडौं । एकपटक ३ हजार रुपैयाँ शुल्क तिरेर बजाजका मोटरसाइकल ३ वर्षसम्म सर्भिसिङ गराउन सकिन भएको छ ।
बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक हंशराज हुलासचन्द एण्ड कम्पनीले बजाज मोटरसाइकलका ग्राहकलाई लक्षित गर्दै एनुअल मेन्टिनेन्स कन्ट्रयाक्ट (एएमसी) योजना ल्याएको हो ।
कम्पनीका अनुसार यस योजना अन्तर्गत ग्राहकले ३ हजार रुपैयाँ शुल्क बुझाएर ३ वर्षसम्म आफ्नो मोटरसाइकलमा सर्भिसिङ गराउन पाउने छन् । साथै, ग्राहकले अन्य थप सुविधा पनि यस योजनामा पाउने छन् ।
कम्पनीले ३ वर्षे एएमसी योजना सुरू गरेका ग्राहकलाई १५ ओटा फ्री सर्भिसिङसंगै १२ पटकसम्म फ्रीमा मोटरसाइकल वासिङ सुविधा दिनेछ ।

त्यस्तै, बजाजका ग्राहकले यस एएमसी योजनामा १ वर्षको मात्रै स्कीम पनि लिन सक्ने अप्सन रहेको कम्पनीले जनाएको छ । १ वर्षे योजना अन्तर्गत ग्राहकले ५ ओटा सर्भिसिङ फ्री र ४ ओटा वासिङ सुविधा मात्रै पाउने छन् । १ वर्षे योजना लिनका लागि भने १ हजार ५०० रुपैयाँ शुल्क ग्राहकले बुझाउन पर्ने हुन्छ ।
यस बाहेक अन्य पार्टसहरूमा न्यूनतम ८ प्रतिशत छुट र लेबर चार्जमा २५ प्रतिशतसम्म छुट पाइने रहेको छ ।
यो योजना नेपालभर रहेका बजाजका आधिकारिक सर्भिस सेन्टरमा लागू हुने कम्पनीले बताएको छ ।


