यी ५ कारण बजाजको उत्कृष्ट बाइक बन्न सक्छ, ‘पल्सर–२५०’

बजाज अटोले आफ्नो प्रडक्सन लाइनअपमा नयाँ मोडल उतार्ने भएको छ । परिमार्जन हुँदै गरेको इमिशन मापदन्ड र सुरक्षासम्बन्धी नियमअनुसार कम्पनीले नयाँ मोडलको उत्पाद गर्ने भएको हो । 

कम्पनीले आफ्नो नयाँ मोडलमा केटीएम ड्यूक–२५० मा प्रयोग गरिएको इन्जिनमा बजाज पल्सर २५० लाई ल्याउने भएको छ । 

कम्पनीले ल्याउने भएको पल्सर–२५० बारे जान्नैपर्ने पाँच तथ्य यसप्रकार रहेका छन् । 

पल्सर मोडलअन्तर्गत सबैभन्दा पावरफूल 

पल्सर–२५० लाई बजाज कम्पनीले भारतीय बजारमा ल्याएको मध्ये सबैभन्दा पावरफूल मोटरसाइकलको रुपमा लिइएको छ । यसमा केटीएम ड्यूक–२५० मा प्रयोग गरिएको इन्जिन लगाइएको छ । २४९ सीसी सिङ्गल सिलिन्डर, लिक्विड–कुल्ड इन्जिनले उत्कृष्ट आउटपूट दिने कम्पनीको तर्क छ । यसको इन्जिनमा सिक्स–स्पीड गियरबक्स लगाइएको छ । सोही इन्जिनले केटीएम ड्यूक–२५० मा ३० पीएस पावरकासाथै २४ एनएम–टर्क उत्पादन गर्छ । यसको अलवा इन्जिनमा बजाजको ट्रीपल–स्पार्क प्रविधिको प्रयोग गरिनेछ । 

एबीएस फिचर 

चालकको सुरक्षालाई मध्यनजर गर्दै यस मोटरसाइकलमा डबल च्यानल एबीएससँगै स्लीपर–क्लच लगाइएको छ । कम्पनीले ग्राहकको माग र आवश्यकबमोजिम सुरक्षाको प्रत्याभूति प्रदान गर्ने एबीएस विशेषता दिने निर्णय गरेको हो । 

पल्सर एनएस–२०० को यस्तो प्रभाव

पल्सर–२५० लाई एनएस–२०० मोडलको सक्सेसरको रुपमा लिइएको छ । एकदशक लामो समयदेखि भारतीय बजारमा बिक्री–वितरण भैरहेको एनएस–२०० को इन्स्पायर्ड मोडलको रुपमा पल्सर २५० आउने छ । 

परिमार्जित स्टाइल 

बजाजले मोटरसाइकललाई परिमार्जन गर्दै नयाँ स्वरुप प्रदान गरेको छ । यसमा नयाँ विशेषता तथा आकर्षक पक्ष समेटिएका छन । जसअन्तर्गत पल्सर–२५० मा फूल एलईडी हेडल्याम्प्स, टीएफटी डिस–प्लेसँगै ब्लू–टुथ कनेक्टिभी उपलब्ध हुनेछ । 

उच्च मूल्य

बजाजले पल्सर–२५० को मूल्य १ लाख ३० हजारदेखि १ लाख ५० हजार भारतीय रुपैयाँसम्म निर्धारण हुने अनुमान गरिएको छ । यसमा उपलब्ध एड्भान्स विशेषता तथा पावरफूल इन्जिनको कारण कम्पनीको पोर्टफोलियो हालसम्म उत्पादन भएकामध्ये सबैभन्दा महङ्गो मोडल पल्सर २५० बन्ने अनुमान लगाइएको छ ।


Back_to_top