यस्तो हुनेछ सुजुकी जिक्सर-२५०, अप्रिलमा सार्वजनिक हुँदै

सुजुकी जिक्सर–२५० इन्जिनको प्याटेन्ट इमेज बाहिर आएको छ । बाइकमा २५० सीसी सिङ्ंगल सिलिन्डरको फोर–भल्भ एसओएचसी लेआउट आयल कुल्ड इन्जिन दिइएको छ । 

यो बाइकले २२ देखि २५ बीएचपी पावर दिने अनुमान गरिएको छ । सुजुकी जिक्सर–२५० अप्रिल २०१९ सम्ममा लन्च हुने अनुमान गरिरएको छ । 

सुजुकी जिक्सरमा रेगुलर मोडलमा प्रयोग भैरहेको टेलिस्कोपिक फ्रन्ट दिइएको छ भने महंगो यूएसडी सेटअप र मनोशक रियर सन्स्पेन्सन थप गरिएको छ । कम्पनीले इन्ट्री–लेवल प्रिमियम मोटरसाइकलको बजारलाई ध्यानमा राख्दै यो मोटरसाइल निर्माण गरेको जनाएको छ ।  जिक्सर–२५० ले यामाहाको एफजेड–२५ सँग सिधा प्रतिस्पर्धा गर्नेछ ।

सुजुकी जिक्सर–२५० मा एबीएस सुविधा जडान गरिएको छ । यसमा सिङ्गल वा डबल च्यानल एबीएस कुन रहन्छ भन्ने जानकारी जानकारी दिइएको छैन ।


Back_to_top