काठमाडौं । कर्णाली राजमार्ग र नाग्म-गमगडी सडक निर्माण अलपत्र पार्ने ६ निर्माण कम्पनी कालोसूचीमा परेका छन् ।
सार्वजनिक खरिद अनुगमन कार्यालयले ठेक्का सम्झौता अनुसार काम नगर्ने ६ निर्माण कम्पनीलाई कालोसूचीमा राखेको हो ।
सडक डिभिजन जुम्लाको सिफारिसमा ती कम्पनीहरूलाई कालोसूचीमा राखिएको हो । सडक डिभिजनका अनुसार ती कम्पनीहरुले आर्थिक वर्ष २०७५ देखि २०८० सम्म ठेक्का सम्झौता गरेका थिए ।
कार्यालयले काम अलपत्र पार्ने ती कम्पनीलाई १ वर्षदेखि ३ वर्षसम्मका लागि कालोसूचीमा राखेको हो । कार्यालयका अनुसार विनम्र निर्माण सेवा सुर्खेत, शंकरमाली निर्माण सेवा काठमाडौं र मान शाही निर्माण सेवा कालीकोटलाई ३र३ वर्षका लागि कालोसूचीमा राखिएको छ ।
त्यस्तै, ध्रुव निर्माण सेवा वीरेन्द्रनगर सुर्खेतलाई २ वर्ष, कश्यप निर्माण सेवा काठमाडौंलाई २ र अविनाश निर्माण सेवा छायानाथ मुगुलाई १ वर्षका लागि कालोसूचीमा राखिएको हो ।
कालोसूचीमा परेका कम्पनीले तोकिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन नपाउने सार्वजनिक खरिद अनुगमन कार्यालयले जनाएको छ ।

