काठमाडाैं । रोयल इन्फिल्डले नयाँ मोटरसाइकलको परिक्षण गरिरहेको तस्वीर बाहिर आएको छ । बेलायती ब्राण्डले ६५० सीसी सेग्मेन्टमा नयाँ क्रुजर मोटरसाइकलको परिक्षण गरिरहेको अनुमान गरिएको छ ।
कम्पनीले केही समय अगाडि ६५० ट्वीन भारतमा सार्वजनिक गरेको थियो । हाल टेष्ट गरिएको मोटरसाइकल नयाँ इन्जिनमा रहेको अनुमान गरिएको छ ।
टेष्टिङको क्रममा भारतीय सडकमा देखिएको उक्त मोटरसाइकलको बिभिन्न अटो पोर्टलले स्पाइ तस्वीर सार्वजनिक गरेका छन् ।
उक्त तस्वीरका अनुसार यो मोटरसाइकलमा ६५० प्यारलल ट्वीन इन्जिन रहेको छ । यसमा डलब साइलेन्सर तथा अग्र भागमा फुट पेग रहेको छ ।
यसमा रेट्रो डिजाइन राउन्ड हेडल्याम्प, अफ साइड ह्यान्डलबार, स्पील सिट तथा डबल पड इन्स्टुमेन्ट क्लस्टर रहेको छ । यसका साथै फ्रन्टमा यूएसडी फर्क तथा रियरमा ट्वीन सक अव्र्जभर दिइएको । यसका साथै यसमा सबै टर्न इन्डिकेटर राउन्ड सेपमा रहेको छ । यसको दुबै हुवीलमा डिस्क ब्रेक दिइएको छ । यसका साथै यसमा डबल च्यानल एबीएस दिइएको छ ।
रोयल इन्फिल्ड ६५० सीसी मोटरसाइकल अर्को बर्ष भारतमा सार्वजसनक हुने अनुमान गरिएको छ । रोयल इन्फिल्ड ६०० ले हार्ले ७५० सीसीसँग प्रतिस्पर्धा गर्नेछ । यसको बारेमा कम्पनीले कुनै आधिकारीक जनकारी भने दिएको छैन ।


