प्रदूषण चेकिङमा ६७ प्रतिशत सवारी साधन फेल

फाइल तस्बिर ।

काठमाडौं । काठमाडौंमा उपत्यकामा गुड्ने झण्डै ६७ प्रतिशत सवारी साधन प्रदूषण मापदण्ड विपरीत संचालन भइरहेको पाइएको छ ।

वातावरण विभाग बबरमहल र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट संयुक्त रूपमा खटिएको टोलीले आइतबार थानकोटमा गरेको सवारी चेकजाँचमा यस्तो पाइएको हो ।

ट्राफिक प्रहरीका अनुसार ६० वटा सवारी साधनलाई चेक गर्दा ४० वटा सवारी साधनले मापदण्डभन्दा बढी धुवाँ फाल्ने पाइएको हो । ती सवारी साधन प्रचलित कानुन अनुसार कारबाही गरिएको ट्राफिकले जनाएको छ ।

ट्राफिक प्रहरीले मापदण्डभन्दा बढी धुवाँ फाल्ने सवारी साधन चलाउँदा वायु प्रदूषण बढ्न गइ मानव स्वास्थ्यमा गम्भीर समस्या हुनुका साथै दुर्घटनाको जोखिम समेत हुने भएकाले सवारी साधनको अवस्था चेक जाँच गरी दुरुस्त अवस्थामा रहेका सवारी साधन मात्र चलाउन सम्पूर्ण चालकहरूलाई अनुरोध समेत गरेको छ ।


Back_to_top