यसकारण अब इलेक्ट्रीक कारको युग सुरु

विश्वमा नै इलेक्ट्रीक सवारीसाधनको प्रयोग क्रमिकरुपमा बढ्दै गएको छ । सन् २०१५ सम्ममा विश्वमा करिब  एक लाख हारहारीमा इलेक्ट्रीक कार बिक्री हुने गरेकोमा सन् २०१९ को मध्यमा आइपुग्दा वार्षिक २० लाख हाराहारीमा इलेक्ट्रीक कार बिक्री हुन थालिसकेको छ ।

विश्वमा पेट्रोलियम पदार्थ बचाउन र वातारणीय सन्तुलन काम गर्न भन्दै शक्ति राष्ट्रहरु जोडतोडले काम गरिरहेका छन् । यस्तोमा यूरोपबाट इलेक्ट्रीक सवारीसाधनको प्रयोगलाई बढावा दिन सुरु भएको हो ।

हरेक पुराना नाम चलेका सवारीसाधन उत्पादन गर्ने कम्पनीहरुले ठूलो धनरासी इलेक्ट्रीक प्रडक्ट तयार गर्न खर्चेका छन् भने नयाँ ठूला कम्पनी टेस्ला, बीवाइडी र बेजिङ्ग अटो जस्ता कम्पनीहरु इलेक्ट्रीक कार तथा ठूला सवारीसाधन उत्पादन गर्न लागि परेका छन् ।

आजका दिनमा आईपुग्दा चीन, अमेरिका, यूरोपका धेरै देश र एसियाली मुलुकहरुले समेत इलेक्ट्रीक सवारीसाधनको प्रयोगलाई बढाउदै लगेका छन् । साथै, हरेक देशका सरकारले यस्ता सवारीसाधनको प्रयोगलाई जोड दिदै वातावरणीय संन्तुलन कायम राख्न तत्परता देखाउँदै आएका छन् ।

उसोत सरकारी प्रयास मात्रै यो अभियानमा सहायक सिद्ध हुन्छ भन्ने होइन त्यसकोलागि उत्पादकको भूमिकापनि त्यतिकै महत्वपूर्ण हुन्छ । त्यसैले हरेक पुराना नाम चलेका सवारीसाधन उत्पादन गर्ने कम्पनीहरुले ठूलो धनरासी इलेक्ट्रीक प्रडक्ट तयार गर्न खर्चेका छन् भने नयाँ ठूला कम्पनी टेस्ला, बीवाइडी र बेजिङ्ग अटो जस्ता कम्पनीहरु इलेक्ट्रीक कार तथा ठूला सवारीसाधन उत्पादन गर्न लागि परेका छन् ।

छनोटमा धेरै विकल्प

सन् २०२० मा इलेक्ट्रीक कारमा धेरै विकल्प विश्व अटो क्षेत्रले आफ्ना ग्राहकलाई दिने छन् । यसबाट नेपाली अटो क्षेत्र अछुतो रहन सक्दैन । सन् २०२० मा नेपाली बजारमा पनि इलेक्ट्रीक सवारीको मोडलमा उल्लेखनिय वृद्धि हुने देखिएको छ । टाटा, महिन्द्रा, किया, एमजीजस्ता ब्राण्डले नयाँ गाडी ल्याउँदै छन् ।

उच्च माइलेज र मूल्य

अब आउने नयाँ मोडलका कारहरु एक पटकको फुलचार्जमा कम्तीमा पनि २०० किलोमिटर भन्दा बढी माइलेज प्रदान गर्ने क्षमताका हुने छन् । भने मूल्य पनि करिब १५ लाखदेखि ६० लाख रुपैयाँ भित्रका धेरै कारहरु नेपाली बजारमा आउने छन् ।  

कर छुटलाई निरन्तरता

नेपाल सरकारले इलेक्ट्रीक कारमा अहिले १० प्रतिशत अन्तःशुल्क, भ्याट र ४ प्रतिशत सडक कर लगाउँदै आएको छ । जुन कम्बस्चन इन्जिनयुक्त कारभन्दा निकै कम हो ।

नेपाल सरकारले यो कर छुटलाई निरन्तरता दिने देखिएको छ । त्यसको लागि आवस्यक ऊर्जा उत्पादनमा नेपालले गरिरहेको लगानी र भविष्यमा ऊर्जाको बजार खोजिगर्नु पर्ने अवस्थालाई मध्यनजर गर्दै सरकार अगाडि बढेकाले यो छुटले निरन्तरता पाउने छ ।

संचालन खर्च कम

इलेक्ट्रीक सवारीसाधनलाई गुडाउन निकै कम खर्च लाग्ने हुनाले यसको प्रयोगमा ग्राहक आकर्षित भएका हुन् । अहिले कम्बस्चन इन्जिन युक्त कारको संचालन खर्च कम्तीमा प्रतिकिलाेमिटर ८ रुपैयाँ हाराहारीमा पर्न आउँछ भने इलेक्ट्रीक कारको संचालन खर्च प्रतिकिलाेमिटर २ रुपैयाँ भन्दा कम पर्छ ।

मर्मत खर्च कम

इलेक्ट्रीक सवारीसाधनको अर्को महत्वपूर्ण पाटो भनेकै यसमा कम्वस्चन इन्जिनको जस्तो १० हजार रिमुवेवल पार्टस हुँदैन । यसमा करिब २० वटामात्रै रिमुवेवल पार्टस हुने भएकाले यसको मर्मत खर्च अत्यन्त कम हुन्छ ।

साथै, इलेक्ट्रीक कारमा कुनै किसिमका ल्यूवहरुको प्रयोग नहुने र सर्भिसिङ खर्च समेत कम हुने हुँदा यसबाट ग्राहकले फाइदा लिन सक्ने छन् ।

इलेक्ट्रीक कारका व्याट्रीको जिवन सोचेभन्दा धेरै

अहिले विश्वमानै धेरै चर्चा हुने विषय भनेको इलेक्ट्रीक सवारीसाधनको लाइफ हो । सामान्यतया ८ वर्ष यस्ता व्याट्रीको जिवन हुनछन् भनिएपनि ८ वर्षपछि पनि उक्त व्याट्रीले ९० प्रतिशतसम्म काम गर्ने क्षमता राखिरहेका हुनछन् । यस्तोमा २०० किलोमिटर माइलेज दिने व्याट्रीले १५० किलोमिटर माइलेज दिनेछ । जुन साइकल कम्वस्चन इन्जिन युक्त कारमा पनि लागु हुने छ । जति पुरानो भयो माइलज उतिनै कम । त्यसले एउटा सवारीको जिवनमा उसको व्याट्रीको जिवनलाई सोचेभन्दा धेरै मान्न सकिन्छ ।

सेकेन्ड ह्यान्ड बजार

विगत १० वर्षदेखि राम्रै संख्यामा इलेक्ट्रीक कारहरु बिक्री हुँदै आएकाले सन् २०२० बाट नेपाली बजारमा इलेक्ट्रीक कार रिकन्डिसन बजारमा पाउन सक्ने देखिन्छ । यस्तो अवस्थामा कम पैसा भएका मानिसले पनि इलेक्ट्रीक कार चढ्ने सपना पुरा गर्न सक्ने छन् ।

चार्जिङ स्टेशन

सरकारले चार्जिङ स्टेशन निर्माण गर्ने बाटो खोलिदिएको छ भने यस्ता स्टेशनमा प्रयोग हुने बिजुलीको मूल्य निर्धारणको बाटो समेत खुलेको छ । नेपाल विद्युत प्राधिकरणले विभिन्न स्थानमा चार्जिङ स्टेशन निर्माण गर्न भन्दै बोलपत्र आह्वान गरेकाले २०२० मा सार्वजनिक स्थलमा चर्जिङ स्टेशन निर्माण हुने पक्का जस्तै छ ।

साथै, सवारी बिक्रेता कम्पनीले पनि बिभिन्न स्थानमा आ–आफ्नै प्रयासमा चार्जिङ स्टेशन निर्माण गरिरहेकाले थुप्रै स्थानमा चार्जिङ सुविधा पाउने वातावरण बन्दैछ ।

वातावरणीय चासो

संसारमा इलेक्ट्रीक सवारी साधनको पुर्नजन्म नै वातारण प्रदुषण कम गर्न भएको हो । यसले कुनै किसिमको कार्वन उत्सर्जन नगर्ने भएकाले इलेक्ट्रीक सवारी साधनमा विश्वका उच्चवर्ग सबैभन्दा पहिला आकर्षित भएका हुन् ।


Back_to_top