काठमाडौं । विद्युतीय कारको आयात निकै सुस्त भएको छ । माघदेखि विद्युतीय कारको आयात निरन्तर ओरालो लागेको हो ।
माघमा १ हजार १९१ यूनिट आयात भएकोमा फागुनमा १६६ यूनिटले वृद्धि भएर १ हजार ३५७ यूनिट पुगेको थियो । चैत महिनामा ११६ यूनिटले बढेर भएर १ हजार ४७३ यूनिट पुगेको हो ।
चालु आर्थिक वर्षको ९ महिनामा सबैभन्दा धेरै विद्युतीय कार चीनबाट आयात भएको छ । चीनबाट अहिले एमजी, बीवाइडी लगायत ब्राण्डका गाडी नेपाल आएका छन् । यो ९ महिनाको अवधिमा चीनबाट ७७७ यूनिट गाडी आयात भएको छ ।
दोस्रो धेरै गाडी भारतबाट आयात भएको देखिन्छ । भारतबाट यो ९ महिनामा ५१२ यूनिट इलेक्ट्रीक कार आयात भएको छ । यी सबै कार टाटाको आधिकारी वितरक सिप्रदी ट्रेडिङले नेपाल ल्याएको हो ।
तेस्रो धेरै इभी कोरियाबाट आयात भएको छ । यस अवधिमा हुन्डाई बाहेक अन्य कुनैपनि कम्पनीले कोरियाबाट इभी आयात गरेका छैनन् । ९ महिनामा हुन्डाईले १३८ यूनिट इभी आयात गरेको भन्सार विभागको तथ्यांकमा देखिन्छ ।
यसबाहेक जापानबाट निसानको लिफ इभी २८ यूनिट आयात भएको देखिन्छ । साथै टेस्लाका १७ यूनिट र फ्रान्सबाट प्यूजोको एक यूनिट इभी नेपाल आएको छ ।


