टोयोटाको अफोर्डेबल हाइलक्स च्याम्प थाइल्याण्डमा लन्च

काठमाडौं । जापानी अटोमोबाइल कम्पनी टोयोटाले अफोर्डेबल पिकअप ट्रक हाइलक्स च्याम्प सार्वजनिक गरेको छ । गत जापान मोबिलीटी शो २०२३ मा आइएमभीओ कन्सेप्टका रुपमा देखाइएको उक्त पिकअप थाइल्याण्डमा सोमबार लन्च भएको हो ।

हाइलक्स च्याम्प टोयोटाको हाइलक्स ब्राण्डको दोस्रो प्रडक्ट हो । १० फरक फरक कर्फिगरेशनमा कन्टुमाइज गर्न सकिने च्याम्प सबै खाले बजारका लागि उपयुक्त हुने डिजाइनमा रहेको छ ।

टोयोटाको लेटेस्ट ल्याण्ड क्रुजरबाट प्रवाभित भएको हेभी ब्ल्याक क्लाडिङ बम्पर, हलोजिन र एलईडी अप्सनल हेडल्याम्प, फ्ल्याट बनेट, एङ्गुलर विण्डसिल्ड तथा ब्ल्याक कलरको स्टील ह्वील यसका बाहिरी विशेषता हुन् ।

हाइलक्स च्याम्प टुडोर सिङ्गल क्याबिन अप्सनमा मात्र उपलब्ध छ । यसमा कार्गोबे भने निकै ठूलो रहेको छ । सिम्पल डिजाइनको क्याबिन रहेको च्याम्पमा इन्फोटेन्मेन्ट स्क्रीन भने छैन । पावर विण्डो, एयर कन्डिसन, दुई वटा कप होल्डर तथा केही स्टोरेट एरिया यसको क्याबिन फिचर रहेको छ ।

हाइलक्स च्याम्पमा ३ फरक फरक इन्जिन अप्सन रहेको छ । यसमा १५० हर्सपावरको २.४ लिटरको टर्बो चाज्ड डिजल इन्जिन, १३० हर्सपावरको २.० लिटरको तथा १६६ हर्सपावर भएको २.७ लिटरको फोर सिलिण्डर पेट्रोल इन्जिन रहेको छ ।

हाइलक्स च्याम्पको लम्बाइ ४९०० एमएम, चौडाइ १८०० एमएम, उचाइ १८०० एमएम तथा २७५० एमएमको ह्वीलबेस रहेको छ । जुन टोयोटाको इनोभा क्रायस्टासँग समान रहेको छ । अर्को हाइलक्स च्याम्प लङ ह्वीलबेसमा ३०८५ एमएकमको ह्वीलबेस र लम्बाइ भने ५३०० एमएम रहेको छ । दुवै भर्सनमा ग्राउण्ड क्लियरेन्स भने समान १८० एमएमको रहेको छ ।

थाइल्याण्डमा बनेको हाइलक्स नेपाली बजारमा समेत बिक्री भइरहेकाले नयाँ अफोर्डेबल च्याम्प पनि नेपालमा आउने सम्भावना रहेको छ ।


Back_to_top