काठमाडौं । सरकारले आज जारी गरेको बजेट बक्तब्य मार्फत १ अर्ब रूपैयाँ भन्दा बढी लगानी भएका सबै किसिमका उद्योगले अनिर्वाय पब्लिक लिमिटेड कम्पनी हुनै पर्ने ब्यवस्था गरेको छ ।
नयाँ नीतिले अधिकाशं सिमेन्ट, स्टील र टेलिकमियुनीकेशन कम्पनीहरुले सर्बसाधारणालाई सेयर बिक्री गर्नु पर्ने भएको छ ।
साथै, बजेटले ५० करोड भन्दा बढी पुँजी भएका प्राइभेट कम्पनीलाई पब्लिक कम्पनीमा रुपान्तरण भए तीन वर्षसम्म १० प्रतिशत आयकर छुट दिने घोषणा गरेको छ ।