काठमाडौं । सरकारले जारी गरेको आर्थिक वर्ष २०७५/७६को बजेटले सवारीसाधनमा अत्याधिक कर थप गरेको छ । यसले नेपाली बजारमा २ हजार सीसीभन्दा बढीको कार र २५० सीसीभन्दा बढीको मोटरसाइकल निकै महंगो भएको छ ।
यसअघि फ्ल्याटमा ४० प्रतिशत अन्तशुल्क लागु गर्दै आएको सरकारले एकाएक अन्तशुल्कमा भारी वृद्धि गरेको हो ।
इन्जिन क्षमताको आधारमा १५० सीसीसम्मको मोटरसाइकललाई कुनै किसिमको कर लगाइएको छैन । १५० सीसी देखि २५० सीसीसम्मका बाइकमा ५० प्रतिशत अन्तशुल्क लगाइने छ ।
यो पनी पढ्नुस्:कति सीसीको कारको मूल्य कति बढ्छ, सूचिसहित
२५० सीसीदेखि ५०० सीसीसम्मका बाइकमा अब ६० प्रतिशत अन्तशुल्क लाग्ने छ भने ५०० देखि ८०० सीसीसम्मको बाइकमा ८० प्रतिशत शुल्क लगाइएको छ । ८०० सीसीभन्दा माथिका सम्पूर्ण बाइकमा १०० प्रतिशत अन्तशुल्क लगाइएको छ ।
सरकारले सडक दस्तुर कर पनि निकै बढाएको छ । यसअघि १० हजार रुपैयाँ लाग्दै आएको सडक दस्तुर अब १५० सीसीभन्दा कमका मोटरसाइकलले १५ हजार तिर्नु पर्ने भएको छ ।
त्यस्तै १५० भन्दा माथी २५० सीसीसम्मका बाइकले १८ हजार र २५० देखि ४०० सीसीसम्मका बाइकले ५० हजार र ४०१ सीसी भन्दा माथीका बाइकलाई एकमुष्ट २ लाख रुपैयाँ बनाइएको छ । यसरी मोटरसाइकलमा लाग्दै आएको सडक दस्तुर १ लाख ८० रुपैयाँ हजारसम्मले बढाइएको छ ।
यसरी हेर्दा मोटरसाइकलमा कम्तीमा ५ हजारदेखि १२ लाखसम्म मूल्यवृद्धि भएको मान्न सकिन्छ ।


