नयाँ इन्जिनमा हिरो स्प्लेन्डर, देला होन्डा साइनलाई टक्कर

काठमाडौं । हिरो मोटो कर्पको चर्चित मोटरसाइकल स्प्लेन्डर आई स्मार्ट ११० नयाँ इन्जिनमा आउने भएको छ । भारत सरकारले नयाँ प्रदुषण मापदण्ड लागु गरेसँगै बीएस ६ मापदन्डको इन्जिनमा आउने भएको हो । 

भारतीय डिलरमा नेटवर्कमा पुगिसकेको यो मोटरसाइकललाई अबको केही दिनमा नै कम्पनीले आधिकारीक रुपमा सार्वजनिक गर्ने अनुमान गरिएको छ । 

यसको मूल्य रेगुलर मोडलको भन्दा १२ हजार भारु बढी पर्ने छ । यसको नेपाली बजारमा अहिले बिक्री भइरहेको मूल्य १ लाख ८३ हजार ५०० रुपैयाँ रहेको छ । यदी तत्काल यो नयाँ इन्जिन युक्त मोडल नेपाल आउने हो भने

यो मोटरसाइकलको मूल्य २ लाख २० हजार रुपैयाँ हाराहारी पर्नेछ ।

यसमा उपलब्ध १०९.१५ सीसी एयर कुल्ड इन्जिनले ७५ सय आरपीएममा ९.४ हर्ष पावरका साथै ५५ सय आरपीएममा ९ एनएम टर्क उत्पादन गर्छ । यसको इन्जिनमा ४ स्पीड म्यानुयल गियरबक्स लगाइएको छ । स्टाइलिस डबल टोन ग्राफिक्स थिममा निर्माण भएको यो मोडलमा अटो हेडल्याम्प, एनालग डिजीटल इन्स्ट्रुमेन्ट कन्सोल, साइड स्टान्ड इन्डीकेटरको विशेषता दिइएको छ ।

नयाँ मोटरसाइकल रातो र कालो, सिल्भर एन्ड ब्ल्याक, स्पोर्ट रेड, ब्ल्यु एन्ड ब्ल्याक कलर अप्सनमा आउने कम्पनीले जनाएको छ । यसले होन्डा लिभो, टीभीएस स्टारसिटी र होन्डा साइनसँग प्रतिस्पर्धा गर्ने कम्पनीले जनाएको छ ।


Back_to_top