काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको अधिकृत वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले जाजरकोटमा पूर्ण सुविधा सम्पन्न नयाँ शोरुम संचालनमा ल्याएको छ । कम्पनीले आफ्नो डिलरको रुपमा रमेश अटो सप्लायर्स एण्ड सर्भिसिङ्ग सेन्टर संचालनमा ल्याएको हो ।
नेपालमा सबैभन्दा धेरै बिक्री हुने बजाजका मोटरसाइकलको सेल्स, सर्भिस र स्पेयर्स पाटर्स उक्त शोरुमबाट पाउन सकिने छ । रमेश अटो सप्लायर्स एण्ड सर्भिसिङ्ग सेन्टरका संचालक रमेश केसीले बजाजका बाइक जाजरकोटमा बिक्री गर्न पाउँदा आफुलाई खुसी लागेको जनाए ।
यता एचएच बजाजले भने नयाँ शोरुमले बजाजका ग्राहकहरुलाई नयाँ मोटरसाइकलको साथ बिक्री पछिको सबै सेवा प्रदान गर्न सहयोग पुग्ने विश्वास लिएको छ ।
‘हामी जाजरकोटमा नयाँ शोरुम उद्घाटन गर्न पाउँदा निकै प्रसन्न छौं । हाम्रा ग्राहकहरु निरन्तर वृद्धि भइरहनु भएको छ र उहाँहरुलाई पूर्ण सन्तुष्टि र सुविधा प्रदान गर्नु हाम्रो जिम्मेवारी हो ।’ कम्पनीका जनरल मेनेजर योगेन गुरुङले भने ।


