८ दिनपछि ‘नेपाल मेड’ नयाँ जेनेरेशन भेन्यूको बिक्री सुरू हुने

काठमाडौं । हुन्डाईको आधिकारीक बिक्रेता लक्ष्मी इन्टकन्टिनेन्टल प्रालिले नयाँ जेनेरेशन भेन्यू साउन २६ गतेबाट बिक्री थाल्ने भएको छ । कम्पनीले नाइमा मोविलिटी एक्स्पो २०२६ बाट नयाँ जेनेरेशन भेन्यूको बिक्री थाल्न लागेको हो ।

लक्ष्मी मोटर कर्पोरेशनले नेपालमै एसेम्बलिङ गरेको भेन्यू पहिलेको तुलनामा ब्यापक परिमार्जन भएर आउन लागेको हो । कम्पनीले आफ्नो लोकप्रिय कम्प्याक्ट एसयूभी भेन्यूको नयाँ जेनेरेशनमा पहिलो पटक एडास लेभल-२ प्रदान गरेको छ ।

भेरियन्ट अनुसार भेन्यूमा ३६० डिग्री क्यामरा, ड्राइभ मोड, ट्रयाक्सन मोड, विन्डो सनसेड, फ्रन्ट पार्किङ सेन्सर, रिक्लाइनिङ रियर सिट दिइएको छ । इलेक्ट्रीक पार्किङ ब्रेक, अटो होल्ड जस्ता फिचरले चालकलाई झन्झट कम गराएको छ ।

हुन्डाईले टप भेरियन्टमा बोसको ८ स्पीकर दिएको छ । जसले म्युजिकप्रेमीहरुलाई खुसी बनाउन सक्नेछ । ड्यासबोर्डमा १२.३ इन्चका दुई ठूला स्कृन उपलब्ध छ । पहिलेको भन्दा धेरै फिजिकल बटनहरुको प्रयोग गरिएको छ ।

कम्पनीले यसको ह्वील साइज १६ इन्चकै निरन्तरता दिएको छ । तर, ह्वील डिजाइन भने विल्कुलै नयाँ पाउन सकिन्छ । फ्रन्ट लुक्स पनि पुरै परिवर्तन भएको छ । पछाडिको डिजाइन पनि परिवर्तन भएको छ । एलईडी लाइटहरुको ब्यापक प्रयोग उत्कृष्ट छ ।

इन्जिनमा पनि कुनै परिवर्तन छैन । १.२ लिटर कप्पा पेट्रोल, १.० लिटर टर्बो पेट्रोल र १.५ लिटर डिजेल इन्जिनमा उपलब्ध भेन्यूको पेट्रोल अप्सनमा ५ स्पीड म्यानुअल र टर्बोमा ७ स्पीड ड्यूलक्लच गियरबक्स दिइएको छ । डिजेल इन्जिनसँग भने ६ स्पीड म्यानुअल र ६ स्पीड अटोमेटिक गियरबक्स उपलब्ध छ ।

थुप्रै क्याविन फिचरमा परिमार्जन भएको भेन्यूमा भेन्टिलेटेड सिट, पूर्ण डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर र ठूलो टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम पाउन सकिन्छ । पहिलो पटक भेन्यूको माथिल्लो भेरियन्टमा फ्रन्ट पार्किङ सेन्सर समेत प्रयोग भएको छ ।

थ्री स्पोक स्टेरिङ ह्वील, नयाँ डिजाइनको सेन्टर कन्सोल, एम्बियन्ट लाइट जस्ता फिचरले जुनसुकै प्रतिस्पर्धी माथि भारी पर्नेगरी नयाँ जेनेरेशन भेन्यू नेपाली बजारमा आउन लागेको हो ।


Back_to_top