भारतमा बनेको पहिलो ईभीसहित बजारमा आउँदै होन्डा

काठमाडौं । जापानी अटो निर्माता होन्डाले भारतमा आगामी वर्ष २ नयाँ मोडल ल्याउने भएको छ । कम्पनीले भारतमा उत्पादन हुने पहिलो ईभी र फेसलिफ्‌ट एलिभेट एसयूभी बजारमा ल्याउने भएको हो ।

केही समययता नयाँ उत्पादनका हिसाबले अपेक्षाकृत शान्त देखिएको कम्पनीले अब एलिभेट फेसलिफ्ट र पहिलो विद्युतीय एसयूभी ‘जिरो अल्फा’ ल्याउने भएको हो ।

नेपालमा स्याकार ट्रेडिङले होन्डा एलिभेट बिक्री गर्दै आएको छ । कम्पनीले नयाँ ल्याउने विद्युतीय मोडल पनि नेपाली बजारमा आउने लगभग पक्का जस्तै छ ।

होन्डाले आफ्‌नो लोकप्रिय एसयूभी एलिभेटलाई छिट्टै फेसलिफ्‌ट गर्ने भएको छ । फेसलिफ्‌ट एलिभेटको अगाडि बम्पर, ग्रिल, हेडल्याम्प तथा पछाडिको डिजाइनमा परिमार्जन हुनेछ ।

केबिनमा पनि केही महत्वपूर्ण सुधार गर्ने तयारी भइरहेको रिपोर्टहरु बाहिर आएका छन् । भेन्टिलेटेड फ्रन्ट सिट र ३६० डिग्री क्यामरा इनब्यूल्ट प्रयोग हुनेछ । नयाँ एलिभेटमा १.५ लिटर नेचुरल्ली एस्पिरेटेड पेट्रोल इन्जिनले निरन्तरता पाउने छ । उक्त इन्जिनले अधिकतम १२१ पीएस पावर र १४५ एनएम टर्क उत्पादन गर्छ ।

त्यसैगरी होन्डाले भारतमा आफ्नो पहिलो पूर्ण विद्युतीय एसयूभी ‘जिरो अल्फा’ पनि बजारमा ल्याउने तयारी गरिरहेको छ । भारतीय सडकमा परीक्षण सुरु भइसकेको यो मोडल कम्पनीकै प्योर ईभी प्लेटफर्ममा आधारित हुनेछ ।

भारतमा नै उत्पादन हुने अनुमान गरिएको यस ईभीमा ५० देखि ७० किलोवाट आवर क्षमताको ब्याट्री रहने छ । जसले फुल चार्जमा ४५०-५०० किलोमिटर रेन्ज दिने अपेक्षा छ ।


Back_to_top