भारतमा बनेको कार जसले भेट्टायो १९ वर्षमा ३८ लाख यूनिट बिक्री आँकडा

काठमाडौं । मारुती सुजुकीले सन् २००० मा सार्वजनिक गरेको अल्टो ८००को बिक्री ३८ लाख यूनिट पुरा भएको छ । करिब १९ वर्षमा कम्पनीले यो आँकडा भेट्टाएको हो । 

कम्पनीले आज एक विज्ञप्ती जारिगर्दै उक्त कुराको जानकारी दिएको छ । स्थापना कालदेखि नै आफुलाई अब्बल स्थानमा राख्न सफल भएको अल्टो नेपाली बजारमा पनि निकै सफल मोडल हो । 

यस बीचमा कम्पनीले कयौं पटक यसको स्वरुप र इन्जिनमा परिमार्जन गरेको छ । तर, यसको बिक्रीमा भने कहिल्यै कमी आएको छैन । 

सन् १९८३ बाट उत्पादन सुरु भएको मारुती ८०० को परिमार्जित स्वरुपनै अहिलेको अल्टो ८०० हो । 

नेपालमा मारुती सुजुकीको आधिकारीक वितरक सिटी मोटोकर्पले अल्टोको बिक्री वितरण गरिरहेको छ । अहिले नयाँ इन्जिन सहितको अल्टो नेपाली बजारमा बिक्री वितरण भइरहेको छ । 

आकर्षक पावरट्रेन, कम मूल्य, डिजाइन र जस्तो सुकै बाटोमा चलाउन सकिने विशेषता यसका सवल पक्ष हुन् । दुई पाँग्रे सवारीसाधनबाट चार पाँग्रेमा उक्लन चाहने मध्यमवर्गिय परिवारको विशेष रोजाइमा पर्ने अल्टो सदावहार कारको नामले चिनिन्छ । 

अल्टो ८०० भन्ने वित्तिकै कम सीसीको गाडी भन्ने बुझिन्छ । यसमा उपलब्ध ७९६ सीसी थ्री सिलिन्डर पेट्रोल इन्जिनले उत्कृष्ट आउटपुट दिने गर्छ । ६ हजार आरपीएममा ४७ बीएच पावरका साथै  ३५ सय आरपीएममा ६९ एमएम टर्क उत्पादन गर्ने क्षमता उक्त इन्जिनमा रहेको छ । 

नेपाली बजारमा अल्टो विभिन्न दुई भेरियन्टमा बिक्री भइरहेको छ । यसको स्टायडर्ड (एसटीडी) भेरियन्टको मूल्य १८ लाख ९९ हजार रहेको छ भने एलएक्सआई भेरियन्टको मूल्य २० लाख ९९ हजार रुपैयाँ रहेको छ । 


Back_to_top