अपाचे सिरिजको सबैभन्दा पावरफुल मोटरसाइकल नेपालमा

काठमाडौं । टीभीएसकले अपाचे सिरिजकै सबैभन्दा पावरफुल मोटरसाइकल नेपाली बजारमा सार्वजनिक गरेको छ ।

कम्पनीले भृकुटीमण्डपमा साउन २१ गतेदेखि सुरु भएको नाइमा नेपाल मोबिलिटी एक्स्पोमा बहुप्रतिक्षीत मोटरसाइकल आरटीआर ३१० प्रदर्शन गरेको हो । यो मोडल अहिले बिक्रीका लागि नभएर प्रदर्शन मात्र गरिएको कम्पनीले जनाएको छ ।

३०० सीसी सेग्मेन्टमा रहेको अपाचे आरटीआर ३१० नेकेड स्पोर्टस मोटरसाइकल हो ।

नेपाली बजारमा बिक्री हुँदै आइरहेको आरआर ३१० कै नेकेड भर्सनको रूपमा बजारमा आएको आरटीआर ३१० मा निकै पावरफुल इन्जिन र प्रिमियम मोटरसाइकलमा पाइने फिचर पाउन सकिन्छ ।

अपाचे रिसिजमा सबैभन्दा पावरफुल आरटीआर ३१० मा भएको ३१० सीसी सिंगल सिलिन्डर लिक्विड कुल्ड इन्जिनले ३५ बीएच पावर र २७.८ एनएम टर्क जेनेरेट गर्छ ।

यसमा ६ स्पीड गियरबक्सका साथै स्लीपर क्लच, स्पोर्टस् मोड, अर्वान, रेन र ट्रयाक मोडसहित ५ राइड मोड उपलब्ध छन् ।

केही दिनअघि मात्र भारतीय बजारमा सार्वजनिक भएको अपडेटेड भर्सन अपाचे आरटीआर ३१० मा लन्च कन्ट्रोल, किलेस इग्निसन, इन्जिन ब्रेकिङ कन्ट्रोल जस्ता एड्भान्स फिचर समावेस छन् । लन्च कन्ट्रोलले मोटरसाइकलको एसेलेरेसनलाई लस हुन दिदैन । साथै, र्यापिड एसेलेरेसनमा मद्दत गर्छ ।

त्यस्तै, प्रिमियम मोटरसाइकलमा हुने किलेस इग्निसन अपाचे आरटीआरमा दिइएको छ । यसका अलावा इन्जिन ब्रेकिङ कन्ट्रोलले एग्रेशिभ डाउन सिफ्ट गर्दा होस् वा डाउन हिलमा यसको तीव्रता नियन्त्रणको काम गर्छ ।

आपचे आरटीआर ३१० मा धेरै सेग्मेन्ट फ्रर्स्ट फिचरको रूपमा क्रुज कन्ट्रोल, कर्नर एबीएस, ट्रयाक्सन कन्ट्रोल जस्ता फिचर उपलब्ध छन् । यसमा ५ इन्चको टीएफटी स्मार्ट कन्सोल दिएको छ । यसमा स्मार्टफोनका साथै गोप्रो समेत कनेक्ट गर्न सकिने छ ।

टीभीएसले यसमा क्लाइमेट कन्ट्रोल फिचरको प्रयोग गरेको छ । अपाचे आरटीआरको सिट मौसम अनुसार तातो र चिसो बनाउन सकिन्छ ।


Back_to_top