स्टाइलिस् अप्रिलिया आरएस १५०, यस्तो छ मूल्य (भिडियोसहित)

काठमाडौं । प्रिमियम वाइक निर्माता कम्पनी अप्रिलाले १५० सीसी क्षमताको मोटरसाइकल ल्याउने भएको छ । हेबी बाइकको सेग्मेन्टमा कामगरिरहेको कम्पनीले स्कुटर सेग्मेन्टमा भने १२५ र १५० सीसीका स्कुटर उत्पादन गर्दै आएको थियो । 

स्कुटरको सफलता पछि कम्पनीले दिल्ली अटो शोमा अप्रिलिया आरएस १५० बाइक सार्वजनिक गरेको थियो ।

अन्तर्राष्ट्रिय मिडियाका अनुसार कम्पनीले यस वर्षको अन्त्यसम्ममा अप्रिलिया आरएस १५० लाई भारतीय बजारमा ल्याउने अनुमान लगाइएको छ । 

युवाहरुलाई आकर्षित गर्ने लक्ष्यका साथ तयार गरिएको अप्रिलिया आरएस १५० बाइकको बनोट एकदम आर्कषक र स्र्पोटी रहेको छ ।

इन्जिन र मूल्य ?

यो बाइकमा १५० सिसिको लिक्विड कूल्ड, फ्यूल इन्जेक्टेड इन्जिन दिइएको छ । यसले १८ बिएचपीको पावर र १४ एनएमको टर्क उत्पादन गर्छ । 

बाइकमा ६ स्पिड गियरबक्स दिइएको यो बाइकको नेपाली बजारमा आउँदा करिब ५ लाख  रुपैयाँ मूल्य पर्ने अनुमान गरिएको छ । 


Back_to_top