काठमाडौं । बीकेटी टायरको नेपालका लागि आधिकारिक विक्रेता डेल्टा डिष्ट्रिब्युटर्सले डिलर मिट कार्यक्रम सम्पन्न गरेको छ । धुलिखेल लज रिसोर्टमा आयोजना गरिएको उक्त कार्यक्रममा बीकेटीको देशभरका डिलर प्रतिनिधिहरुले सहभागिता जनाएका थिए ।
उक्त अवसरमा कम्पनीले नयाँ टायरसमेत सार्वजनिक गरेको छ । माइनिङ लगायतका औद्योगिक क्षेत्रमा प्रयोग हुने गाडीका लागि उपयुक्त अर्थम्याक्स रेडियल टायरलाई कम्पनीले नेपाली बजारमा भित्र्याएको हो । टिकाउ, शतप्रतिशत पन्चर प्रुफ र तापक्रम प्रतिरोधक सो टायर विभिन्न चार साइजमा उपलब्ध छ । यो सेग्मेन्टमै पहिलो रेडियल टायर रहेको बताइएको छ ।
कार्यक्रममा बीकेटी टायरका मार्केटिङ हेड पी. के. गांगुली तथा डीजीएम रत्नेश सिन्हा र अमल देवले बीकेटी टायरका वारेमा आवश्यक जानकारी प्रदान गरेका थिए । त्यसैगरी कर्णेल ललित राईले प्रभावकारी सञ्चार र उत्प्रेरणा वारेमा महत्वपूर्ण मन्तव्य दिएका थिए ।
सोही कार्यक्रमको अवसर पारी कम्पनीले आफ्ना डिलरहरुलाई विभिन्न विधामा सम्मानसमेत गरेको छ । डिलरहरुलाई कम्पनीका प्रतिनिधि तथा डेल्टा डिष्ट्रिब्युटर्सका सञ्चालकहरु बिनित सिंघानिया, बिक्रम सिंघानिया र विकास सिंघानियाले सम्मानित गरेका थिए ।
बीकेटीले खासगरी अफ द हाइवे सेगमेन्टका टायर उत्पादन गर्दै आएको छ । उच्च हर्सपावरयुक्त ट्रयाक्टर, कम्बाइन हार्भेस्टर, जिपिएस कन्ट्रोल्ड भेइकल, आर्टिक्युलेटेड डम्प ट्रक, हाइ–स्पिड क्रेन, सफिस्टिकेटेड पोर्ट भेइकल र कन्टेनर ह्यान्डलर आदिमा यसका उत्पादन प्रयोग हुन्छन् । त्यसैले अलि फरक खाले हेभी गाडी एवं सिमेन्ट र यस्तै प्रकारका अन्य कम्पनीहरुका लागि यी टायर उपयोगी छन् ।
भारतको मुम्बईमा रहेको कारखानाबाट बिकेटी टायरको उत्पादन हुन्छ । बिकेटीका उत्पादनहरु कच्ची सडकको लागि उत्कृष्ट रहेको छ । यस भारतीय उत्पादनको सबैभन्दा ठुलो बजार भारतपछि युरोप रहेको छ ।
नेपालमा शाखा संजाल
डेल्टाको मुख्य कार्यालय विराटनगरमा रहेको छ भने काठमाडौं स्थित सिता पाईलामा ब्राञ्च कार्यालय रहेको छ । मुख्य सहरहरु पोखरा, दाङ, जनकपुर, लहान, राजविराज, इटहरी लगायत ४६ वटा डिलर नेटवर्क रहेको छ ।