काठमाडौं । विश्वका सबैजसो देशले आफ्नो देशको सवारी साधन ऐन बमोजिम सवारी साधनमा तेस्रो पक्षीय बीमाको प्रावधानलाई अनिर्वाय गरेका छन् । ‘थर्ड पार्टी लाइबिलिटी कभर’को नाम दिइएको बीमाको प्रावधान अनुसार सवारी साधनको दुर्घटना भएको समयमा बीमा गर्ने कम्पनी, सवारीको साधनको मालिकको अलवा तेस्रो पक्षलाई समेत प्रभाव पर्ने गर्छ । तेस्रो पक्षको दायित्व सुनिश्चित गर्नको लागि तेस्रो पक्ष बीमाको प्रावधन ल्याइएको हो ।
किन अनिवार्य छ तेस्रो पक्ष बीमा ?
यो प्रावधानले बीमा गर्ने कम्पनीलाई मात्रै नभई सवारी साधनको दुर्घटनामा परि मृत्यु तथा घाइते भएका यात्रुको सुरक्षासमेत गर्छ । कयौं पटक सवारी साधनको दुर्घटनामा परि मृत्यु भएका यात्रीको बीमा रकम तथा घाइतेको उपचारको लागि गाडी धनीले खर्च गर्न नसक्ने अवस्था हुन्छ । त्यस्तो समयमा सरकारले घाईते तथा मृतकको दायित्व बीमा कम्पनीलाई दिनुपर्छ भन्ने नियम बनाएर तेस्रो पक्ष बीमाको प्रावधान ल्याएको हो ।
सबै देशका सरकारले सवारी साधनलाई कानुनी रुपमा नै तेस्रो पक्ष बीमा अनिर्वाय गर्दै लगेका छन् । तेस्रो पक्ष बीमाले दुर्घटनामा प्रभावित भएको पक्षलाई मुआब्जाको व्यवस्था गरेको हुन्छ ।
एलडिभी जिरो भएपनि तेस्रो पक्ष बिमा गर्नै पर्ने
सवारी साधनको अन्तिम डिप्रिशिएसन भ्यालु (लडिभी) जिरो भएतापनि सवारी साधन सडकमा लिएर हिड्ने गरिन्छ भने तेस्रो पक्ष बीमा अनिर्वाय गर्नुपर्ने हुन्छ । जसले गर्दा, दुर्घटनाबाट प्रभावित भएका तेस्रो पक्षको मुआब्जाको ग्यारेन्टि हुन सकोस् ।
कसरी गर्ने थर्ड पार्टी बीमाको क्लेम ?
अन्य देशहरुमा थर्ड पार्टी क्लेमका लागि पिडीत वा उसको एजेन्टले दुर्घटना भएको सवारी साधनका मालिकको विपक्षमा मुद्धा दायर गर्ने चलन रहेको छ । नेपालमा भने यस्ता एजेन्टहरुको ब्यवस्था गरिएको छैन ।
पुलिसमा निवेदन – तेस्रो पक्ष बीमाको लागि दुर्घटनाको परेको गाडीको रजिष्ट्रेशन नम्बर, ड्राइभर लाईसेन्स नम्बर वा प्रत्यक्षदर्शीको नाम तथा सम्पर्क नम्बरलगायतका जानकारी सहित प्रहरी कार्यलयमा निवदेन दर्ता गर्न सकिन्छ । तर, नेपालमा जसको कारण दुर्घटना भएको हो उसैले सुरुवाति काम गर्नु पर्ने हुन्छ ।
आवश्यक कागजत –दुर्घटनाको समयमा नोक्सान भएको सबुतका रुपमा घटनाको विबरण र उपचारमा लागेको आवश्यक खर्चको सक्कली बिल मुल दस्तावेजको रुपमा पेश गर्नुपर्छ ।
क्षतिपूर्ती कति –दुर्घटनाबाट घाइते भएका वा मृत्यु भएकाको लागि तेस्रो पक्ष बीमाको कभर निश्चित रहेको हुन्छ । नेपालमा यदि तेस्रो पक्षको मृत्यु भएमा ५ लाख र घाइते भएमा ३ लाख रुपैयाँसम्म उपचार खर्च बीमा कम्पनीले ब्यर्होछ । तर, दुर्घटनामा परेका पिडितले एकैपटक धरै मुआब्जाको दाबी गर्न भने पाउँदैनन् ।