कार निर्माता कम्पनीका कारखानाहरुमा आगामी दिनमा निकै ठूला योजनाहरु देखिने छन्: चुस्त डिजाइन, कृतिम बौद्धिकता र एउटै लाइनमा फरक फरक रेञ्जका गाडीहरु निर्माण गर्दै गरेका सहयोगी रोबोटहरु ।
कम्पनीहरुका अनुसार सहज उत्पादनका लागी गोप्य घटकका रुपमा मानिसहरुको पनि उपस्थिती रहनेछ ।
सांघाइ स्थित सन् २०१६ मा स्थापना भएको ‘जनरल मोटर्स’ को प्लान्ट बिश्वकै अत्याधुनिक अटो प्लान्टहरु मध्ये पर्छ । यो प्लान्टले अमेरिकी उपभोक्ताहरुका लागी मिनि भ्यान, सेडान, एसयुभीका अलावा हाइब्रिड गाडीहरुको समेत उत्पादन गर्दै आएको छ ।
कार्यकारीहरुका अनुसार जनरल मोर्टसको सांघाइ स्थित प्लान्टले चिनियाँ बजारकालागि छिट्टै नै इलेक्ट्रिक गाडीहरुको उत्पादन गर्नेछ ।
चीनको एसएआइसी मोटर र्कोपसँग संयुक्त रुपमा सञ्चालित यो प्लान्ट कुनै युद्धसँग सम्बन्धीत सिनेमाको युद्धभूमि जस्तै देखिन्छ, जहाँ योद्धाले झैं मेसिनहरु चुपचाप निर्देशनको पालन गरिरहेका देखिन्छन् ।
भविष्यमा गाडी कारखानाहरुमा कम मानिसहरुको आवश्यकता पर्छ । तर, मानिस नै नचाहिने भने होइन ।
हरियो रङले सज्जित यी रोबोटहरु मानिसहरु सँगै एउटै लाइनमै काम गरिहेका देखिन्छन् ।
‘उनीहरु महशुस गर्न सक्छन्, गियर सेटलाई उठाएर ट्रान्समिसनमा जडान पनि गर्न सक्छन्’ जनरल मोर्टस चीनका कार्यकारी पउल ब्युटो बताउँछन् । यी रोबोटहरुले मानिसका तनाव कम गर्नुको साथै कामको गुणस्तर समेत बढाएका छन् ।
बिश्वब्यापी रुपमा गाडी कम्पनीहरु जर्मन उत्पादकहरुले प्रतिपादन गरेको ‘इन्डस्ट्रि ४.०’ नामक अवधारणामा आधारित भएर काम गरिरहेका छन् । यो अवधारणा डिजिटलाइजेसन र जोडजाड प्रक्रियाको स्वचालिकरणसँग सम्बन्धित छ । यसका अनुसार भविष्यमा गाडी कारखानाहरुमा कम मानिसहरुको आवश्यकता पर्छ । तर, मानिस नै नचाहिने भने होइन ।
‘यो मानिसको गन्ती कम गर्ने कुरा मात्र होइन,’ एक कार्यकारीले बताए, ‘हाम्रो जोड भनेको गाडी निर्माताका रुपमा मानिस र मेसिनका बिचमा सहज र चुस्त सम्बन्ध स्थापित गर्ने र बिभिन्न खाले मोडलका गाडीहरु एउटै प्लान्टबाट उत्पादन गर्ने भन्नेमा हो ।’
जनरल मोर्टसका इन्जिनियर मार्टि लिनका अनुसार यी मेसिनहरुले ‘फोहोरी’ गाह्रो र खतरनाक कामहरु गर्ने गरेका छन् । मानिसहरु भने बौद्धिक काम गर्छन् ।
‘गाडीको निर्माणमा रगत र पसिनाको मात्र प्रयोग हुन्छ भन्ने होइन’, युनाइटेड अटो वोर्कसका अध्यक्ष डेनिस विलियम्स भन्छन्, ‘आलोचनात्मक सोचको ठाउँ स्वचालिकरणले लिनै सक्दैन ।’
सांघाइदेखि मिचिगनसम्मका जनरल मोर्टसका प्लान्टहरुमा नयाँ पुस्ताका रोबोटहरु मानिसहरुसँगै काम गरिरहेका छन् । डेट्रोइटको उत्तरतर्फको ओरिओन प्लान्ट कम्पनीको सबैभन्दा सहज र ब्यवस्थित प्लान्ट मानिन्छ । यो प्लान्टको एकै लाइनमा सेभरोलेटका ग्यासबाट चल्ने, ब्याट्रिबाट चल्ने र बिजुलीबाट चल्ने गरि तीन मोडलका गाडीहरु उत्पादन हुन्छन् ।
यो प्लान्टमा ८ सय रोबोटहरु कार्यरत छन्, जसमध्ये ६ वटामा मान्छेसँगै र वरिपरि काम गर्न सुरक्षित भनेर हरियो रङ लगाइएको छ ।
जनरल मोर्टसका इन्जिनियर मार्टि लिनका अनुसार यी मेसिनहरुले ‘फोहोरी’ गाह्रो र खतरनाक कामहरु गर्ने गरेका छन् । मानिसहरु भने बौद्धिक काम गर्छन् ।
उदाहरणको लागि एक स्टेसनमा रोबोटहरुले जगेडा टायरहरु ‘कन्भेयर बेल्ट’ बाट निकाल्ने र कार्टमा चाङ लगाउने काम गर्ने गरेका छन् । बिश्वब्यापी रुपमै कामदारहरुले यो कामलाई निकै एकाङकी र ढाड दुखाउने भएका कारण घृणा गर्ने गरेका छन् ।
बारक्लेको ‘ग्लोबल अटो इन्भेष्टमेन्ट टिम’ले रोबोटले अटो क्षेत्रका कामहरुबाट अहिल्यै मानिसहरुलाई बिस्थपित नगरिहाल्ने अनुमान गरेको छ ।
मर्सिडिज बेञ्जका मार्कस सेफरका अनुसा मर्सिडिजले पनि अन्तिम एसेम्ब्लीमा स्वचालीकरणको प्रयोग गर्ने गरेको छ । बिभिन्न मोडलका बिशिष्ट गाडीहरु बनाउनु परेका कारण स्वचालीकरणको आवश्यकता परेको उनको भनाइ छ ।
भविष्यको निर्माण
आगामी दिनमा कसरी रोबोट र अन्य डिजिटल उपकरणहरु प्रयोग हुन्छन् भन्ने कुराले नै कारखानाहरुको आकार र डिजाइन तय हुने देखिन्छ । साथै, उक्त कारखानामा कति मानिसले काम गर्छन भन्ने कुराको निक्योल पनि यसैले गर्नेछ ।
र्फोड मोर्टसका कार्यकारीले गत अक्टोबरमा भविष्यका आफ्ना इलेक्ट्रिक गाडीका कारखानाहरुका बारेमा दृष्टिकोण प्रस्तुत गर्दा सबैलाई चकित तुल्याएका थिए । ती कारखानाहरु परम्परागत कारखानाहरु भन्दा साना, कम कामदार चाहिने र कम खर्च लाग्ने खालका थिए ।
तर, अन्य गाडी निर्माता कम्पनीहरु झैं फोर्ड पनि उच्च माग नभएसम्म इलेक्ट्रिक गाडीहरुकै लागि छुट्टै प्लान्ट निर्माण गर्न भने तयार छैन ।
बारक्लेको ‘ग्लोबल अटो इन्भेष्टमेन्ट टिम’ले रोबोटले अटो क्षेत्रका कामहरुबाट अहिल्यै मानिसहरुलाई बिस्थपित नगरिहाल्ने अनुमान गरेको छ ।
उनीहरुको रिपोर्टका अनुसार कम्पनीहरु मानिस र रोबोटको उचित संयोजन गर्न लागिपरेका छन् । रिपोर्टले अझै पनि अन्तिम ‘टच’मा मानिसकै आवश्यकता पर्ने जनाएको छ ।
रोबोटहरुबाट अत्यन्तै प्रभावित भनेर चिनिएका र आफ्नो क्लालीर्फोनिया स्थित प्लान्टलाई पूर्ण स्वचालीत बनाउने कसम खाएका टेस्लाका प्रमुख कार्यकारी इलोन मस्कले समेत अत्याधिक स्वचालीकरण गल्ती भएको र मानिसहरुको भुमिकालाई नजरअन्दाज गरेको कुरा स्वीकारेका छन् । रोयर्टसबाट