अप्रिलियाले ल्यायो ४०० सीसीको पावरफुल स्कुटर, यस्ता छन् फिचर

काठमाडौं । अप्रिलियाले ४०० सीसी सेग्मेन्टमा नयाँ एसआर स्कुटर प्रदर्शन गरेको छ ।

कम्पनीले इटालीको मिलानमा भएको इक्मा अटोशो २०२५ मा अप्रिलिया एसआर जीटी ४०० नाम दिएर नयाँ स्कुटर देखाएको हो ।

नयाँ एसआर जीटी ४०० निकै एग्रेसिभ म्याक्सी एड्भेन्चर डिजाइनमा छ । कम्पनीले यसलाई आफ्नो रेसिङ डीएनए डिजाइनमै तयार पारेको छ । यो अप्रिलियाको मध्यम क्षमताको इन्जिनमा बजारमा आउने भएको हो ।

नयाँ एसआर जीटी ४०० स्टाइलिङ र पावरप्याक मेसिन स्कुटरका रूपमा बजारमा उपलब्ध हुनेछ । यो युरो ५ प्लस इमिसन मापदण्डमा निर्माण भएको छ ।

जीटी ४०० मा प्रयोग भएको पार्टसहरू, डिजाइन, सुविधा फिचरहरू र यसको एथ्लेटिक प्रोफाइल अप्रिलियाको लोकप्रिय स्पोर्ट मोटरसाइकलहरूबाट प्रेरित छ।

स्पोर्टी ग्राफिक्स डिजाइनमा तयार यस स्कुटरमा ट्रिपल ल्याम्प एलईडी हेडलाइट, एड्जस्टेबल विन्डस्क्रीन, ह्याण्ड गार्डहरू, स्टेपअप सिट डिजाइन, अपस्वेप्ट एक्जस्ट र शार्प बडी प्यानलिङ, यूएसडी फोर्क, रियर ट्वीन सक अब्जर्बार, हिटेड ग्रिप, हाइ ग्राउन्ड क्लियरेन्स, चार्जिङ पोर्ट र अन्डर सिट स्टोरेज रहेको छ ।

साथै, राइडरलाई आवश्यक पर्ने डिटेल्सहरू देखिने कनेक्टिभिटी सिस्टम सहितको टीएफटी इन्स्ट्रुमेन्ट कन्सोल, पूरा एलईडी लाइट सिस्टम, ट्रयाक्सन कन्ट्रोल, डबल डिस्कब्रेक, डबल च्यानल एबीएस, अलोय ह्वील र कीलेस इग्निशन पाउन सकिन्छ ।

कम्पनीले एसआर ४०० स्कुटरमा ३६ हर्स पावर र ३७।७ एनएम टर्क जेनेरेट गर्ने सिंगल सिलिण्डर, लिक्विड कुल्ड, फोर भल्ब इन्जिन दिएको छ । यसमा सीभीटी ट्रान्समिसन सिस्टम पनि छ ।


Back_to_top