अब इलेक्ट्रीक स्कुटर ५ मिनेटमा फुलचार्ज गर्न सकिने

काठमाडौं । ओला इलेक्ट्रीकले ५ मिनेटरमा ब्याट्री फुल चार्ज गर्ने टेक्नोलोजीको विकास गर्ने भएको छ । यसका लागि ओलाले इजरायली ब्याट्री टेक्नोलोजी कम्पनीसँग सहकार्य गरेको हो ।

कम्पनीले इजराइलको स्टोरडट नामक ब्याट्री कम्पनीसँग फास्ट चार्जिङ टेक्नोलोजी कम्पनीका लागि सहकार्य गरेको हो ।

स्टोरडट कम्पनी फास्ट चार्जिङ टेक्नोलोजी खोज गर्ने कम्पनी रहेको छ । कम्पनीका अनुसार ओलाले स्टोरडटको एक्सएफसी ब्याट्री टेक्नोलोजीको प्रयोग गरेर मात्र ५ मिनेटमा ० देखी १०० प्रतिशतसम्म ब्याट्री चार्ज गर्न सक्नेछ ।

ओलार स्टोरडटको सहकार्यमा फास्ट चार्ज टेक्नोलोजीको इन्टिग्रेट गर्न सकिने ब्याट्रीको समेत विकास गर्ने जनाइएको छ ।

यो सहकार्यका बारेमा बोल्दै ओलाका सीइओ भाविश अग्रवालले निकट भविष्यमा नै ५ मिनेटमा फुल चार्ज हुने टक्नोलाजी भएका स्कुटर बजारमा ल्याउनका लागि कम्पनीले ठुलो लगानि गरेको बताए ।

स्टोरडट कम्पनीले दुई मिनेटमा फुलचार्ज गर्न सकिने टेक्नोलोजीको समेत विकास गरिरहेको छ भने यसलाई आगामी १० वर्षमा बजारमा ल्याउने योजना बनाएको छ ।

 


Back_to_top