नेपाल भित्रियो एथरको सस्ताे स्कुटर, सडक परीक्षण हुँदै

काठमाडौं । एथरको नयाँ इलेक्ट्रीक स्कुटर नेपाल भित्रिएको छ ।

एथर स्कुटरको नेपालको लागि आधिकारिक बिक्रेता वैद्यज् ग्रुप अन्तर्गतको वैद्य इनर्जीले एथर रिज्टा स्कुटर नेपाल ल्याएको हो ।

कम्पनीका अनुसार परीक्षणका लागि एक युनिट रिज्टा स्कुटर ल्याइएको हो । उक्त स्कुटर अहिले काठमाडौंको सडकमा गुडाएर परीक्षण गरिरहेको कम्पनीले जनाएको छ ।

आगामी नाइमा नेपाल मोबिलिटी एक्स्पोमा यो स्कुटर सार्वजनिक गर्ने तयारी भइरहेको छ कम्पनी स्रोतले मेरोअटोसँग भन्यो ।

केही समय अघि एथर ४५० सिरिजको २०२५ मोडल सार्वजनिक कार्यक्रममै कम्पनीले रिज्टा चाँडै नेपाल आउने बताउँदै बुकिङ समेत खुला गरेको थियो ।

एथर रिज्टा फ्यामिली डिजाइन स्कुटर हो । एथर ४५० सिरिजको तुलनामा कम मूल्यमा आउने रिज्टा नेपाली बजारका लागि बहुप्रतिक्षित इलेक्ट्रीक स्कुटर हो ।

भारतमा एथर रिज्टा तीन भेरियन्टमा उपलब्ध छ । जसमा रिज्टा एस, रिज्टा जेड २.९ किलोवाट, रिज्टा जेड ३.७ किलोवाट रहेको छ । रिज्टा जेड ३.७ किलोवाट यसको टप भेरियन्ट हो ।

यो स्कुटरको रेन्ज क्रमशः १०५ र १२५ किलोमिटर रहेको कम्पनीले दाबी गरेको छ । यसको टप स्पीड ८० किलोमिटर प्रतिघण्टा रहेको छ ।

यी मध्य कुन भेरियन्ट नेपालमा बिक्री हुन्छ भन्ने अहिलेसम्म बाहिर आएको छैन् ।

एथरले रिज्टामा ट्रयाक्सन कन्ट्रोल फिचरका साथै सबैभन्दा ठूलो सिट दिएको छ । एथर रिज्टामा दुई राइड मोड दिइएको छ । जसमा जिप र स्मार्ट मोड रहेको छ ।

यसमा रिभर्स मोड, हिल होल्ड असिस्ट, नयाँ सिंगल सबफ्रेम, लोअर सीट हाइट, टर्न बाई टर्न नेभिगेसन, गुगल म्याप नेभिगेसन, एलईडी हेडल्याम्प, स्लिम र्यापराउन्ड टेललाइट, डिजिटल इन्स्ट्रुमेन्ट कन्सोल, ३४९लिटर अन्डर सिट स्टोरेज, टीएफटी स्क्रीन, डिस्क ब्रेक जस्ता फिचर उपलब्ध छ ।


Back_to_top