काठमाडौं । रोयल इनफिल्डको हिमालयन इलेक्ट्रीक भारतको लद्दाखमा देखिएको छ । कम्पनीले पहिलो पटक सन् २०२३ काे इक्मा शो मिलानमा प्रर्दशन गरेको हिम-ई इलेक्ट्रीक मोटरसाइकल लद्दाखको एक होटलमा देखिएको हो ।
रोयल इनफिल्डले इक्मा शोमा प्रदर्शन गरेकोभन्दा निकै फरक डिजाइनमा हिम-ई इलेक्ट्रीक मोटरसाइकल देखिएको छ ।
कम्पनीले मोटरसाइकलमा आल्मुनियम स्विङआर्म, आल्मुनियम ब्याट्री कभर, गोल्डेन यूएसडी फर्क, गोल्डेन टायर रिम, अफरोड फुट पेग र फ्रन्टमा लगेज माउन्ट दिएको छ ।
कम्पनीले हिम-ईलाई अफरोड एड्भेन्चर डिजानमा रहेको हिमालयन ४११ र ४५० को कम्बाइन डिजाइनमा तयार पारेकाे देखिन्छ ।
प्रोटोटाइपमा देखिएको फ्रन्ट बेक पनि हटाइएको छ । यो मोटरसाइकलमा अग्लो विन्ड स्क्रीन, अल एलएलईडी लाइट, यार्ली बाइकमा जस्तो ७ इन्चको इन्स्ट्रुमेन्ट क्लस्टर देखिएको छ ।
यो मोटरसायकल सडक परीक्षणका लागि लद्दाख लगिएको अनुमान गर्न सकिन्छ । यो मोटरसाइकलको बारेमा कम्पनीले कुनै पनि आधिकारिक जानकारी बाहिर ल्याएको छैन् ।