प्रविधिको चमत्कारः अब स्कुटरपनि टच स्क्रिन !

काठमाडौं । भारतको बैङ्गलोर स्थित स्टार्टअप कम्पनी अथर ईनर्जीले टच स्क्रिन इलेक्ट्रिक स्कुटर बजारमा ल्याउने भएको छ । हरेक सामान स्मार्ट खोज्ने समयमा तपाईको स्कुटर पनी स्मार्ट आउने भएको हाे । कम्पनीले अथर एस ३४० नामको ईन्ड्रोइड बेस्ट चटस्क्रिन स्कुटरको आगामी जुन महिनाबाट बुकिङ लिने भएको छ । 

यसको टप स्पिड प्रतिघण्टा ७२ किलोमिटर रहेको छ भने, ५० मिनेटमा ८० प्रतिशत चार्ज हुने कम्पनीले दाबी गरेको छ । 

यो स्कुटरमा ईन्ड्रोइड बेस्ट टचस्क्रिन डिस्प्लेको साथै पुस नेभिगेशन, पार्किङ्ग असिस्ट सिस्टम, वाटरप्रुफ चार्जर,  मल्टिपल राइडिंग मोड तथा एलइडी लाईट्स लगायतको फिचरहरु रहेका छन् । लिथिएम आयन ब्याट्री प्याक जडान गरिएको यो स्कुटरको सुरुवाति मूल्य मुल्य ७५ हजार भारतीय रुपैयाँ तोकिएको छ ।

एक पटकको फुलचार्जमा ६० किलोमिटर माइलेज दिने यो स्कुटरमा प्रयोग गरिएको ब्याट्रीको लाइफ ५० हजार किलोमिटर रहेको कम्पनीले जनाएको छ । यसको टप स्पिड प्रतिघण्टा ७२ किलोमिटर रहेको छ भने, ५० मिनेटमा ८० प्रतिशत चार्ज हुने कम्पनीले दाबी गरेको छ । 

यो स्टार्टअपमा हिरो मोटोकर्पसले २ सय ५ करोड लगानी गर्ने भएको छ । एथर ३४० सर्वप्रथम सन् २०१६ मा सार्वजनिक गरिएको थियो । तर, कम्पनीका सिइओ तथा को–फाउण्डर तरुण मेहताका अनुसार कम्पनीले उत्पादनको क्रममा समावेश भएका चुनौतीको सामना गर्दै एक उत्कृष्ट उत्पादन ल्याएकाले समय लागेको बताएका छन् । 


Back_to_top