डुकाटी मन्स्टर ८२१ वाइक भरतमा आज लञ्च हुँदै

काठमाडौं । भारतमा डुकाटीले आज (मे १ ) मा नयाँ बाइक मन्स्टर–८२१ लञ्च गर्ने भएको छ ।  पुरानो वाइकको तुलनामा यसको बडीमा निकै ठूलो परिर्वतन गरिएको छ ।  कम्पनीले यसमा बीएस–आईभी एमिशन नम्र्स इन्जिन दिइएको छ । 

डुकाटी मन्स्टरको मूल्य भारु १० लाख रुपैँया हारहारीमा रहने अनुमान गरिएको छ । ८२१ सीसी, ९० डिग्री भी–टुुइन मोटर इन्जिन दिइएको छ । यसको इन्जिनले ८६ एनएम टर्क जेनरेट गर्छ जुन पुरानो मोडल भन्दा ३.४ एनएमले कम हो । ६–स्पीड गियरबक्स र बाई–डायरेक्शनल क्विक शिफ्टर दिइएको छ । 

यसमा भएको अन्य फिचरमा टिएफटि डिस्प्ले, इलेक्ट्रोनिक कन्ट्रोल, ८ लेभलको ट्रयाक्सन कन्ट्रोल, स्चिबेल एबिएस रहेका छन् । 

यो वाइकमा ३ वटा राइडिङ मोड दिइएको छ जसमा अर्बन, टुरिङ, र स्पोर्ट जस्ता विशेषताहरु रहेका छन् । 


Back_to_top