काठमाडौं । तपाई सवारीसाधन चलाउँदै हुनुहुन्छ भने सानो गल्तिले खतरनाक दुर्घटनामा पर्न सक्नुहुन्छ । त्यसैले गाडी चलाउदा सना साना कुराहरुमा ध्यान दिनुभयो भने दुर्घटबाट बच्न सकिन्छ । आज हामी तपाई त्यस्ता ६ टिप्स दिन्छौ त्यसले तपाईको ड्राइभिङ सुरक्षित हुन सघाउन सक्छ ।
१.ध्यान एकिकृत गर्नुस्ः गाडी चलाई रहेको समय तपाईको आँखा जहाँ पर्छ स्वभाविकरुपमा तपाईको ध्यान त्यहि पुग्छ, त्यसैले गाडी चलाउदा ध्यान केन्द्रित गर्नु आवस्यक हुन्छ । त्यस्ता सामानहरुको प्रयोग गाडी चलाउँदा नगर्नुस जस्तो मोवाइलमा कुरा गर्नु, म्यासेज गर्नु जस्ता कार्यले दुर्घटना निम्त्याउन सक्छ ।
एक अन्तर्राष्ट्रिय एजेन्सीले गरेको अनुसन्धानबाट गाडी चलाउँदा चलाउदै मोवाइलमा कुरागर्दा ३ गुणा दुर्घटनाको सम्भावना बढ्छ भने म्यासेज गर्नु झनै खतरनाक हुन सक्छ । म्यासेज गर्न थाल्दा दुर्घटना हुने सम्भावना २३ गुणा हुने देखिएको छ ।
२. आफ्नो ड्राइभिङ सिट तल राख्नुस्ः धेरै जसो चालकहरु आफ्नो सिट माथी उठाएर राख्न मनपराउँछन् । सिट माथी उठाएर राख्दा गाडीको स्पिड धेरै भएपनि चालकलाई कम लाग्छ । तिब्रगतिका कारण दुर्घटना हुने सम्भावना बढ्छ । त्यसैले चालक सिट तल राख्नुभयो भने कम गति पनि चालकलाई छिटो लाग्छ त्यसले दुर्घटना हुनबाट बचाउँछ ।
३ं लाईट बाल्नुस्ः क्यानेडाको एक सर्बेले दिनमा लाइट बालेर सवारीसाधन चलाउँदा ११ प्रतिशत दुर्घटना कमभएको तथ्याङक सार्वजनिक भएको थियो । त्यसैले अहिले आएका सवारी साधनमा बत्ति न निभ्ने बनाईएको छ ।
४. रियर भ्यु मिरर मिलाउनुस्ः गाडी चलाउनु पूर्व आफ्नो बसाई र पोजिसन अनुसारको दुबै मिरर मिलाउनु पर्छ । जसले सडकमा गाडी लिएर हिड्दा तपाईलाई बाटोको अबस्था जान्न सहयोग पुग्छ ।
५. आफ्नो हातको चेक गर्नुस्ः गाडी चलाई रहेको समयमा हातको पोजिसन गलत भएको खण्डमा दुर्घटनाको खतरा बढी हुन्छ त्यसैले सकभर हातको अबस्थामा ध्यान दिनु राम्रो हुन्छ ।
६. सडक वत्तिमा ध्यान दिनुस्ः सडकमा सवारी साधन लिएर हिड्दा मानिसहरु हतारमा देखिने गरेका छन् । त्यसरी हिड्दा कुन लाईट बलिरहेको छ भन्ने यादसमेत राख्दैनन् त्यस्तोमा दुर्घटना बढ्ने अधिक सम्भावना हुन्छ । साथै सडक वत्ति यादनगरी सवारी चलाउँदा जरिवानासमेत तिर्नुपर्ने हुन्छ ।