इलेक्ट्रीक कारमा नयाँ माइलस्टोन, फूल चार्जमा १ हजार किलोमिटर माइलेज !

काठमाडौं । पिनिनफरिना र हाइब्रिड काइनेटिक ग्रुपले (एचकेजी)ले बेइजिङ अटो शोमा अद्भुत विद्युतीय कार सार्वजनिक गरेको छ । कम्पनीले बेइजिङमा दुई वटा कन्सेप्ट कार एच-५०० सेडान सेगमेन्ट र के–३५० एुसयुभी सेगमेन्टमा सार्वजनिक गरेको हो । 

कम्पनीले सार्वजनिक गरेको के ३५० एसयुभी एक पटक फूलचार्ज गर्दा १ हजार किलोमिटर कुद्ने दाबी गएिको छ । हालसम्म सार्वजनिक भएका विद्युतीय कार मध्ये यो नै सबैभन्दा धेरै माइलेज दाबी गरिएको विद्युतीय कार हो । यस अघि सार्वजनिक भएका विद्युतीय कारको माइलेज ४/५ सय किलोमिटर प्रतिचार्ज दिने दाबी गरिएको थियो । 

के ३५० र एच ५०० दुबैमा ३०० किलोवाट क्षमताको मोटर रहने छ । एच ५००ले शून्यदेखि १ सय किलोमिटरको गति ४.५ सेकेन्ड र के ३५० ले ४.७ सेकेन्डमा तयगर्ने दाबी कम्पनीको छ । 

त्यस्तै दुबै गाडी एक पटक फूलचार्जगर्दा १ हजार किलामिटर (६२० माइल) कुदाउन सकिने छ । यी दुई कारको अवधारण इटालीयन कम्पनीको सांघाईमा रहेको रिर्सच सेन्टरमा डिजाइन गरेको हो । 


Back_to_top