काठमाडौं । टीभीएस स्पोर्टस्को ‘सिल्वर अलोय’ भर्सन भारतमा सार्वजनिक भएको छ । यसको एक्स स्वरुप मूल्य ३८ जार ९६१ भारतीय रुपैयाँ तोकिएको छ ।
टीभीएस स्पोर्टस् २० लाखभन्दा धेरै बिक्री भएको अवसरमा टीभीएस स्पोर्टस्को सिल्वर अलोय भर्सन सावर्जनिक गरेको कम्पनीले जनाएको छ । यो मोटरसाइकल सिल्वर र रातो दुई रङ्गमा उपलब्ध हुनेछ ।
यो इन्ट्रीलेवल मोटरसाइकलमा भारतमा लोकप्रिय रहेको छ । यसको प्रतिस्पर्धा होन्डा ड्रिम सिरिज र बजाज प्लाटिनासँग हुने जनाएको छ ।
सिल्वर अलोए भर्सन १०० सीसी ड्यूरा लाइफ, एयर कूल्ड इञ्जिन रहेको छ । यो मोटरसाइकललाई ईको र पावर मोडमा चलाउन सकिन्छ ।
यसले प्रतिलिटर ९५ किलोमिटर माइलेज दिने कम्पनीको दावी गरेको छ । यसमा प्रयोग गरिएको इकोनोमी मिटरले माइलेजलाई अझै परिष्कृत गर्ने कम्पनीको विश्वास छ ।
टिभीएसले नेपाली बजारमा भारतामा बिक्री हुने मोडलहरु नेपालको आधिकारी वितरक जगदम्बा मोर्टसबाट बिक्री वितरण गर्दै आइरहेको छ ।

